बर्दिवास अस्पताललाई स्वास्थ्य सामग्री सहयोग


१९ कार्तिक बर्दिवास ।  बर्दिबास अस्पतालले १ लाख पचास हजार मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त गरेको छ । बर्दिवास नगरपालिकाको सम्वयमा ,सेभ द चेल्ड्रको आर्थिक सहयोजमा र सामाुदायिक पैरवि मञ्च नेपाल मार्फत बर्दिबास अस्पताललार्ई स्वास्थ्य उपकरण सहयोग गरेको हो ।
दातृ निकायका साझेदार संस्था तथा सामग्री व्यवस्थापनका समन्वयकर्ता सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवले सामग्री अस्पताल विकास समितिका सदस्य एवम् अस्पतालका मेसु कृष्ण महर्जन तथा बर्दिबासका नगरप्रमुख प्रहलाद कुमार क्षेत्र्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
अस्पतालमा दुई वटा अटो क्लेभ मेसिन रहेको छ । जसमध्य एउटा विग्रेको अवस्थामा हरेकाले अस्पतालमा दिनानुदिन विरामिको चाप बढीरहेको मेसु कष्ण महर्जले बताए । उनका अनुसार, बर्दिवासमा रहेको सेभ द चिल्ड्रनलाई यि समस्याहरुको बारेमा केही दिन अगाडी जानकारी गराएको थियो । आज १ लाख ५० हजार बराबरको अटो क्लेभ मेसिन सामग्री प्रदान गरेकोमा अझ ओटी सेवामा थाप सेवा पुग्ने र दातृ संस्था जस्ले विभिन्न समयमा अस्पतालाई सहयोग गदै आईरहेको प्रति खुसी व्यक्त गदै सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र सेभ द चिल्ड्रेनलाई धन्यवाद दिए ।
यसै विभिन्न समयमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपालकै समन्वयमा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अस्पताललाई यस्तै स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।
यसैगरी आईतवार यो समाग्री सहयोगमा बर्दिवासमा मेयर प्रहलाद कुमार क्षेत्रीको पहलमा र हाम्रो संस्थाले विभिन्न समयमा बर्दिवास नगरपालिका संग सहकार्य गदै अझ अस्पलात लगायत नगरको विकासमा थप सेवा र सहयोग गर्ने सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नगदेव यादवले बताए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको