नाकाबन्दी सुरु भएको दिन ओलीले भने– देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन


असोज ६ गते।

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सविधान जारी भएपछी ६ असोज ०७२ बाट भारतले लगाएको ६ महिने नाकाबन्दीको पहिलो दिनको स्मरण गरेका छन्। नाकाबन्दीको भयावह स्थितिको स्मरण गर्दै ओलीले देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियान छोड्न नहुने बताएका छन्।

ओलीले फेसबुकमा लेखेका छन्, ‘आज असोज ६ गते । आजभन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु। जीवनमा कतिपय दिन यस्ता हुन्छन्– तिनलाई कहिलै बिर्सिन सकिँदैन। अस्पतालमा अक्सिजन,औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यासलगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो। इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौं। देशभित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब ६ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं।

अध्यक्ष ओलीले ती दिनलाई कसरी सम्झिनुहुन्छ भन्दै आम नागरिकलाई सामाजिक संजालमा प्रश्नसमेत गरेका छन्।

‘कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ। जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन। तपाईंहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?’ उनले लेखेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको