मलेसिया पठाइदिने प्रलोभनमा एक जना पक्राउ


काठमाडौँ – मलेसिया पठाइदिने प्रलोभनमा पारेर तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गरेको आरोपमा डोटीको शिखर नगरपालिका–२ स्थायी घर भई काठमाडौं महानगरपालिका–३० सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्राउ गरेको हो ।

आरोपी धनबहादुरले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भनी ३ लाख रुपैयाँ ठगेको आरोप छ ।
मलेसिया जान ३ लाख रुपैयाँ लाग्ने र मलेसिया पुगेपछि प्याकिङमा काम गरेर मासिक ६० हजार रुपैयाँभन्दा धेरै तलब हुने भनी विश्वास दिलाई प्रलोभनमा पारी ठगी गरिएको पीडितको गुनासो छ ।

आरोपी धनबहादुरले रकम लिई सम्पर्कविहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा उनलाई सेतोपुललबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको