विद्यार्थीको पठन-पाठन ठप्प


काठमाडौं, असोज ५ गते ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले राष्ट्रिय शिक्षक महासंघको आयोजनामा जारी शिक्षकहरुको काठमाण्डौ केन्द्रित आन्दोलनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर शुक्रबार विज्ञप्ती निकालेर दुवै पक्षलाई गम्भीर भएर सहमतिमा पुग्न आग्रह गरेका छन् ।

‘शिक्षक संगठनद्वारा अघि सारिएका मागहरु प्रति गम्भिर भई नेपाल सरकार यथासिघ्र औपचारिक वार्ताद्वारा दुवै पक्षले संघीयताको मर्मलाई आत्मसात गर्दै सहमतिमा पुगेर निकाश दिनु पर्दछ’ विज्ञप्तीमा उल्लेख छ ।

प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शिक्षकहरु आन्दोलनमा होमिएपछि सामुदायीक विद्यालयमा पठन÷पाठन ठप्प भएको छ ।

लोसपाले यथाशिघ्र पठन÷पाठन सुचारु हुने वातावरणका लागि आन्दोलनरत पक्ष र सरकार दुवै पक्षलाई आग्रह गरेको छ ।

‘विद्यार्थीहरुको अध्ययन÷अध्यापन पूर्णतहः लामो समय सम्म ठप्प हुनु अस्वभाविक हो । तसर्थ सबै पक्ष गम्भिर भई यथाशिघ्र पठन÷पाठन सुचारु गर्न आवश्यक रहेको छ’ विज्ञप्तीमार्फत लोसपा अध्यक्ष ठाकुरले भनेका छन् । अनलाइनखबर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको