जनप्रतिनिधिलाई गाउँलेको प्रश्न : नालाको छ छ लाख रुपियाँ खोइ


रवीन्द्र उप्रेती

वर्दिवास, भदौ २७ गते

भौगोलिक विकटता र विकासको दृष्टिले महोत्तरीको दुर्गम मानिने खयरमाराकी ६२ वर्षीय दलित महिला अम्बिका कर्मशाखाले प्रश्न राख्नुभयो, “हाम्रो स्वास्थ्य चौकीमा रक्तचाप जाँच गर्ने व्यवस्था किन गरिदैन ? दलित वर्गको नाममा छुट्याइएको १० प्रतिशत बजेट कहाँ छ ?”

लगते कर्णवहादुर घिसिङले गाउँमा एम्बुलेन्स नहुँदा गम्भीर अवस्थाका बिरामीलाई समयमै अस्पताल लान नसकेको समस्याबारे जानकारी गराउनुभयो । वडा नं १० का छुट्टाछुट्टै विद्यालयकी दुई जना प्रध्यानाध्यापक भूमिका श्रेष्ठ र कल्पना देवकोटाकी एउटै प्रश्न थियो, “जावी १५ रुपियाले दिवा खाजामा विद्यार्थीलाई सधैं मासु अण्डा कसरी दिन सकिन्छ ? नदिदा अभिभावक विद्यालयमै आएर विवाद गर्छन्। हामी पढाउने कि झगडा गरेर बस्ने ?

तीर्थ गोले र सुमन गौतमले किशोर किशोरीमा बढ्दो दुर्व्यसन नियन्त्रणमा नगरपालिकाको योजना वारे प्रश्न सोध्नुभयो। सनिमाया बम्जनको प्रश्न थियो

“नाली बनाउन आएको छ लाख रुपियाँ खोड उहाँ वडा नं. १० को सदस्य पनि हुनुहुन्छ । लगतै नारायण उप्रेतीले कल्भर्टको निर्माण सम्पन्न नभई सम्पूर्ण भुक्तानी किन भयो ? भनी प्रश्न गर्नुभयो ।

रामकुमारी रुम्बाले वन फँडानी नरोकिंदा चुरे भेगका जगल जोखिममा परेको घटना कम प्रस्तुत गरेर सबैको ध्यानाकर्षण गराउनुभयो । धेरैजसोले खयरमारा खोलामा पुल नहुँदाको पिरलो सुनाए भने कसैले छानो चुहिने विद्यालयको पीडा, सडक ठेकेदारको लापरवाही, वडामा कृषि प्राविधिकको अभाव, चौपायामा लाग्ने ‘लम्पी स्किन’ रोगको भ्याक्सिन, गिट्टी बालुवा तस्करी, महिला हिंसा जस्ता विषयमा जिज्ञासा राखेका थिए।

बर्दिवासको सुदूर उत्तरी क्षेत्रमा पर्ने वडा नं. १० ११ स्थित खयरमारामा नगरपालिकाले आइतबार अपराह्न आयोजना गरेको सार्वजनिक सुनुवाइ पर्छ ” उहाँले भन्नुभयो । कार्यक्रममा नगर प्रमुख र वडाध्यक्षलाई प्रश्न, गुनासा र जिज्ञासा राख्न गाउँलेको तछाडमछाड नै परेको थियो । सार्वजनिक सुनुवाइमा एकपछि अर्को गर्दै १९ जनाले प्रश्न गरेका थिए। समयले घर्किसकेकाले धेरैजसोले आफ्ना कुरा राख्ने मौका नै नपाएको गुनासो पोखेका थिए।

वडाका बासिन्दाले उठाएका जिज्ञासाबारे जवाफ दिँदै नगर प्रमुख प्रह्लाद क्षेत्रीले गत आर्थिक वर्षमा आएको विकास बजेटमध्ये ९० प्रतिशत खर्च भएकाले बर्दिवासको विकास निर्माणको गतिले जिल्लाका सबै स्थानीय तहलाई उछिनेको दावी गर्नुभयो तर गत आवको तुलनामा चालु आवका लागि विकास बजेटमा १३ करोड रुपियाँ घटेर आएकाले चाहेर पनि जनताका धेरैजसो माग थाति राख्नुपर्ने बाध्यताबारे जानकारी गराउनुभयो । फेरि पनि चालु आवको वैशाख महिनाभित्रै छनोट भएका योजना सम्पन्न गर्न लक्ष्यसहित अघि बढेको उहाँको भनाइ थियो। यसका लागि समयमै निकासा पठाइदिन सङ्घ र प्रदेश सरकारसँग सहकार्य र पहल पनि गरिरहेका छौं,” उहाँले भन्नुभयो ।

प्रमुख क्षेत्रीले एम्बुलेन्स खरिदका लागि प्रक्रिया मिलाउँदा मिलाउँदै गत आवमा बजेट नै फ्रिज भएको जनाउदै चालु आवमा खयरमारा र बिजलपुरामा एम्बुलेन्स प्रदान गर्ने आश्वासन दिनुभयो। यसका साथै योजना छनोट गर्दा टोलवासीलाई राखेर सहमतिमा उपभोक्ता समिति गठन गर्न वडा नं. १० का वडाध्यक्ष प्रमोद मुक्तानलाई निर्देशन दिनुभयो ।

उहाँले दुर्गम एवं पिछडिएका क्षेत्रलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणको पहल भइरहेको जनाउनुभयो तर उहाँले विकास निर्माणका लागि ठेकेदारलाई काम गर्ने वातावरण नमिलाए योजना अधुरै छाडेर जाने घटनाक्रमप्रति वडावासीको ध्यानाकर्षण गराउनुभयो । “गुणस्तरमा कुनै सम्झौता नगर्नू तर जेमा पनि अवरोध गर्दा ठेकेदार भाग्छन् अन्ततः दुःख हामीले नै उठाउनु

उठेका प्रश्नका प्राविधिक पक्षबारे सार्वजनिक सुनुवाइमा सहभागी उपप्रमुख तारादेवी महतो, वडाध्यक्षहरू प्रमोद मुक्तान र पूर्णबहादुर बल प्रहरी नायव उपरीक्षक विजय यादव तथा नगरपालिकाका कर्मचारीले तथ्याङ्कगत जानकारी गराउनुभएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको