धनुषामा विद्युतिय ट्रान्सफर्मर चोरी


जनकपुरधाम, भदौ १३ गते ।

धनुषामा खानेपानी सूचारुको लागि जडान गरिएको विद्युतिय ट्रान्सफर्मर चोरी भएको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ विश्रामपुरस्थित अभरहेड खानेपानी नजिक जडान गरिएको विधुत टान्सफर्मर गएराति चोरी भएको हो।

चोरले टान्सफर्मर पोलबाट भुईमा झारेर त्यसमा भएको तमाको क्वाईल तार र तेल चोरी गरि लगेको स्थानीयले बताएका छन् । खानेपानी सुचारु गर्न जडान गरिएको सो टान्सफर्मर चोरी भएको छ ।

यसअघि मिथिला नगरपालिका २ र ५ को सिमानामा पर्ने श्रीपुरमा रहेको सिचाइ बोडिंगमा जडान गरिएको टान्सफर्मर समेत चोरी भएको थियो ।

तर ईलाका प्रहरी कार्यालय ढल्केवरले अहिलेसम्म चोरलाई खोजी गरि पक्राउ गर्न नसकेको स्थानीयको आरोप छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको