गौर घटनाका पीडितहरूले न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने प्रभु साहको चेतावनी


काठमाडौँ, भदौ ११ गते ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका पीडितहरूले देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका छन्।

सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै साहले सत्ता जोगाउनका लागि गौर घटनाको अनुसन्धानबाट पछि हट्ने षड्यन्त्र भइरहेको भन्दै देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका हुन्। उनले गौर घटनाका पीडितसँग प्रधानमन्त्रीले बालुवाटारमा सहमति गरेपनि कुर्सी हल्लिने भए पनि पछि हटेको जिकिर गरे।

गौर घटनामा पनि १७ वर्ष पहिला नै जाहेरी दर्ता भएको भए पनि अहिलेसम्म छानविनसमेत हुन नसकेको उनको भनाइ छ। साहले विभिन्न प्रकरणहरु लुकाउनका लागि सरकारले नयाँ नयाँ प्रकरण ल्याउने गरेको तर्क गरे।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणको रेकर्ड सरकारसँग रहे पनि ठूला व्यक्तिलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए। राजतन्त्र फाले पनि अहिले छाटे राजाहरूको शासन रहेको र जनता लाचार भएको टिप्पणी गरे।

उनले अहिलेको शासन प्रणालीबाट देशको हित सम्भव छ कि छैन भन्ने बहस हुनुपर्ने बताए।

साहले सदनमा प्रतिपक्षी र सत्तापक्ष देखाउनका लागि मात्रै भएको र भागबण्डामा एक हुने गरेको तर्क गरे। उनले लोकतन्त्रमा कानुनी शासन हुने भए पनि संविधानलाई नेताहरूले खल्तीमा हालेर हिँडेको जिकिर गरे। सर्वोच्चले कोशीमा गैरसंवैधानिक काम भएको भने पनि राज्य र दलहरू सचेत हुन नसकेको उनको भनाइ छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको