बर्दिवास, भदौ १ गते ।
चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत एक जना विद्यार्थीलाई नक्कली शैक्षिक प्रमाण पत्र वनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको राजविराज ७ घर भएका नसिम अख्तर रहको छन् ।
उनीमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप लागेको छ ।
एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएससी पास भएको सर्टिफिकेट पेस गरेका सप्तरीको राजविराज ७ निवासी नसिम अख्तरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गएराती चितवनबाट पक्राउ परेका उनलाई काठमाण्डौं ल्याईदै गरेको प्रहरीले जनाएको छ।



















