श्रीमतीको हत्या गरी गाडेर भागेका श्रेष्ठ पक्राउ


लीलाराज खड्का

बिर्तामोड, साउन २८ गते ।

श्रीमतीलाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका तेह्रथुम आठराई गाउँपालिका–१ डाँडागाउँका राजकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

झापाको काँकडभिट्टाबाट होटेलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजकुमारले आफ्नी २६ वर्षीया श्रीमती रेशिका श्रेष्ठको हत्या आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिवार दिउँसो पक्राउ गरेको हो ।

काँकडभिट्टाको एउटा होटेलमा लुकीछिपी बसेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजन चापागाईँले बताउनुभयो ।

पक्राउ गरिएका श्रेष्ठलाई तेह्रथुम लगिने प्रहरीले जनाएको छ । गत साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सुँगुरको खोरमा गाडेको अवस्थामा शनिवार फेला परेको थियो ।

घटनापछि श्रेष्ठका श्रीमान् राजकुमार साउन २४ गतेदेखि सम्पर्कविहीन थिए । प्रहरीले श्रेष्ठको हत्या श्रीमानबाटै भएको हुनसक्ने भन्दै राजकुमारको खोजी गरिरहेको थियो । श्रेष्ठ दम्पतीका ६ वर्षीया एक छोरी छिन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको