धनुषामा अवैध बालुवा उत्खनन गर्ने दुई ट्र्याक्टर प्रहरीको नियन्त्रणमा


जनकपुरधाम , साउन २७ गते ।

धनुषामा अवैध बालुवा उत्खनन गर्ने दुई ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गए राति पौने १२ बजेको समयमा मिथिला नगरपालिका वडा नं.१० स्थित रातो नदीमा अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको प्रहरी टोलीले अवैध उत्खनन कार्यमा संलग्न ज.१ त ७८७७ र ज।१ त ५९८८ को ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ट्र्याक्टरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ढल्केवर धनुषामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको