
कृष्ण राज गिरी
भैरहवा, साउन २७ गते ।
पाल्पा जिल्ला को तानसेन नगरपालिका वडा नं २ वाट प्रहरी ले कमल कुमार खड्का लाई आफ्नै कोठा मा अवैध लागुपदार्थ लुकाई छिपाई राखेको अवस्था मा बरामद गरि पक्राउ गरेको छ। सर्लाही जिल्ला ईशवरपुर नगरपालिका वडा नं १२ घर भएका निज खड्का हाल तानसेन मा डेरा गरि बस्दै आएको जिल्ला प्रहरी कार्यालय पाल्पा ले जनाएको छ।
प्रहरी लाई कमल कुमार खड्का ले आफ्नै कोठा भित्र अवैध लागु औषध लुकाई छिपाई राखी बेचबिखन समेत गर्ने गरेको गोप्य सुचना को आधार मा जिल्ला प्रहरी कार्यालय पाल्पा वाट प्रहरी निरिक्षक भुपेन्द्र थापा सहित को टोली ले निज खड्का को डेरा मा खानतलासी गर्ने क्रम मा ग्यास सिलिण्डर माथि रहेको चामल को बोरा माथि कपडा भित्र लुकाई छिपाई राखेको अवस्था मा लागुपदार्थ बरामद गरेको हो ।
बरामद गरिएको लागुपदार्थ मा डाईजेपाम,फेनारगन र इप्प्ल टालजेसिक लेखेको लागू औषध एम्पुल १-१ वटा गरी ३ वटा बनाई टेपले बाँधी राखेको अवस्थामा डाईजेपाम-३१ एम्पुल,फेनारगन-३१ एम्पुल र इप्प्ल टालजेसिक-३१ एम्पुल गरी जम्मा ९३ एम्पुल र सोही कोठामा रहेको खाटमुनी लुकाई राखेको अवस्थामा प्रयोग गरेको जस्तो देखिने सिरिन्ज निडल सहितको थान-१५ र निडल थान-११, प्रयोग गरेको फुटेको एम्पुल थान-८ रहेको छ।
लागुपदार्थ सहित पक्राउ परेका कमल कुमार खड्कालाई जिल्ला अदालत पाल्पाबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पा ले जनाएको छ।