पर्देशीको पिडा


देशमै केही गर्छु भन्ने सोच बिचार थियो
योग्यता जस्तो जागिर नपाउदा , पर्देशिनु पर्यो
आफ्नो देश , बाबा , आमा , दिदि भाइ दाजै
सबलाइ छोडि पर्देश लागे , भने फर्की आउछु चाडै… ।

बिरामी हुँदा न आमाको काख पाइयो
न त समस्या पर्दा बुवाको साथ पाइयो
न त मेरि पियारीको माया नै पाइयो
केवल पसिना बगाएर अलिकति धन पाइयो ।

गल्ती गर्दा न दाजु को गाली पाइयो
न ठेस लाग्दा भाइको काँध पाइयो
न आँसु पुछ्ने दिदीको पछ्यौरी पाइयो
न थकान बिर्साउने बहिनीको माया र साथ पाइयो
केवल सबैसँग टाढा भएपछि अलिकति धन पाइयो ।

न त बाल्यकाल को सथी को साथ पाइयो
न तिहारमा दिदीबहिनीको टीकालाईदिने हात पाइयो
न दशैंमा ठूलाबडा र आफन्त को आशिष नै पाइयो
केवल खुसीको सट्टा अलिकति धन पाइयो ।

परदेशमा पनि न योग्यता अनुसारको काम पाइयो
न आफ्नो देशमा जस्तो मान र सान पाइयो
न भनेजस्तो गर्न र चाहेजस्तो रम्न पाइयो
केवल आत्मसम्मान गुमाइ अलिकति धन पाइयो ।

आफ्नो देश बाबा आमा सबलाई छोडि आए
बिदेशिको बात र लात ,कति कति खाए खाए .
सबै सहदै मन बुझाउदै बस्नु पर्ने हुन्छ
घर परिवार र देशको माया ले यो मन सधै कति धेरै रुन्छ
तर पनि हामी पर्देशिको पिडा कस्ले बुझिदिन्छ ??

चर्को घामले पोलेको विदेशीको पीडा
अनि त्यो पीडा आफ्नाले नबुझ्दा
उदास लाग्छ जिन्दगी ।
हो यस्तै छ,
परदेशीको जिन्दगी ।।

✍️✍️सन्तोष धिमाल
गौशाला १ राम्नगर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको