सन्तोश धिमाल
धेरै भएको थियो साथिहरुसङ लामो यात्रा नगरेको। यात्राका अवसरहरू नजुरेका होइनन् तर, जब जीवन जिम्मेवारीहरूसँगै बड़नुपर्ने हुन्छ नि, तब धेरै अवसरहरूलाई पनि समाउन सकिन्न रहेछ भन्ने मेरो अनुभव हो। यसपाली भने धेरैपछि साथिसङ कोसी तरियो अनि धरान हुँदै कन्याम सम्म पुगियो। चार पाच बर्ष अघि बिध्यार्थी जिवनमा हुँदै नेपालको पश्चिम् क्षेत्र पोखरा लुम्बिनी मनकामना शिक्षकहरु सङै भ्रमण मा गएका थियौ ।

त्यो यात्रापछि यति लामो यात्रा तथा कुनै कार्यक्रममा सहभागी हुने यो पहिलो अवसर थियो त्यो पनि साथिहरु सङ बाइक मा । यो अवसरका लागि साथी धनराज र दिपक कुशवाहा अनि टक नेपाल टिभि रास्ट्र दैनिकका पत्रकार साथि रोशन कोइरी प्रति कृतज्ञ छु ।

बर्दिबास बाट भिमान, डकाहा , दुधौली , कटारी हुँदै सप्तकोसी चतरा को चिसो हावा महसुस गर्दै हामि धरान पुग्यौं । पहिलोपल्ट धरानमा पाइला टेग्दा धरानको यात्रा थुप्रै अर्थले हाम्रो लागि अर्थपूर्ण रह्यो।

वर्तमानमा आफ्नो श्रमद्वारा विश्वमा छरिएर बसेका नेपालीहरूको मन जित्न सकिरहेका धरानका मेयरको त्यो सुन्दर हरियालि र बिकसित सहर धरान आहा कस्तो राम्रो ! गीतमा सुन्दै आइरहेको बुढ़ासुब्बा र अरू धार्मित स्थलहरूको दर्शन गर्ने अवसर जुर्यो। नेपालभरिका धेरै र विभिन्न जातजाती र धर्मका नेपालि दाजुभाइ दिदिबहिनी सँगको भेटघाट त छँदैछ। यसबाहेक जाँदाजाँदै हामी भेडेटार पुग्यौं ।
सर्पको आकार जस्तो घुम्ती सडक , सडकमा गाडी गुडिरहेको दृस्य अनि गाडी को हर्न तेस्मापनि चिसो मौसमको अविस्मरणीय क्षण ओहो ।

हुँदै हामी भेडेटार पुग्यौ , त्यहा पुग्दा झमक्क साझ परिसकेकोले हामीले हाम्रो पहिलो दिनको बाश भेडेटार मै बस्ने निर्णय गर्यौ र त्यही बस्यौ ।
भोलि पल्ट बिहानै हाम्रो यात्रालाइ निरन्तरता दिन हामी धनकुटा जिल्ला को नमस्ते झरना पुग्यौं । त्यो सुन्दर दृस्य अनि झरनाको चिसो पानी अवलोकन गर्दा गर्दै हामी त्यही झरनाको पानी मा खेल्दै नुहाउन पुगेको पत्तै भएन । केही समय त्याहा रमाइलो गरेपछी हामी कन्याम जाने निधो गर्यौ ।

बर्दिबास बाट माेटरसाइकलमा करिब २६० किलोमीटर यात्रा झन्डै ५ घन्टा लगाएर पार गरि हामी झापाको बिर्तामोड पुग्याैं। बिर्तामोड बाट करिब ४५ किलोमीटर यात्रा गरेपछि कन्याम पुग्न सकिने रहेछ ।

१० किलोमीटर जति यात्रा गरेपछि पाहाड को उकालो अनि घुमाउरो बाटो यात्रा गर्नु पर्ने रहेछ। साघुरो , घुमाउरो अनि उकालो बाटो हामी जति अगाडी बढ्दै जन्छौ त्यति नै चिसो अनि जाडो हुदै गएकाे थियाे।

पहिलाे पटक बाइकमा इलाम जान लागेकाेले हामी भने झापा को जस्तै मौसम होला भनेर पातलो कपडा लगाएर गएका थियाै। जसले गर्दा हामीलाई आलि गार्हो हुँदै थियो तर पनि यात्रा को क्रममा देखिने सुन्दर दृश्य ले भने सबै पीडा भुलाएर मन प्रफुल्ल भएको थियो ।

करिब १ घन्टा को यात्रा पछि उकालो चढि रहेको हामी समथर सडकमा पुग्यौं। यात्रा गरिरहँदा ‘‘हामी बिच बिचमा १०/१५ मिनेट सम्म विश्राम गर्दै पनि थियौ । सड़क प्रायः खालीखाली थियो। पानी परेकोले चालक ( धनराज र दिपक )लाई मनमा डर थियो ‘कतै बाटो बन्द हुने होकी यात्रामा तर हामीलाई कुनै समस्या, कठिनाइ आइपरेन।

पाथीभरा मन्दिरको दर्सन गर्दै हामी कन्याम पुग्यौ । कन्याम पुगेपछि चियाबारिको हरियालि दृश्य देखेर हाम्रो मन सान्त रहन सकेन ।
हामीले सोचेको र समाजिक संजाल मा हेरेको भन्दा बिल्कुलै फरक थियाे कन्याम। चारैतिर चिया बगैंचा, सुन्दर दृश्य को लोभ मा परेर कन्याम पुगेकाे हामीलाई माैसमले भने साथ दिएन। चारैतिर हुस्सु भरिएर आयो, अन्धकार छायाे र केही देखियन ।


राम्रो फाेटो र भिडियो खिच्न गएको हामिलाई त्यहाको मौसमले निराश बनायो। तैपनि हामिले फाेटो र भिडियो को साथमा टिकटिक बनाउन छोडेनौ ।हामी हार मानेनौं हुस्सु जान्छ कि भनेर केही बेर हामी कुरि बस्यौं तर हुस्सु झन् बाक्लिदै गयाे। हल्का हाल्का निरासाकाे साथ कन्याम बाट थोरै अगाडि गयौं र त्यही को होटेल मा वास बस्ने निधो गर्याै किनभने झमक्क साझ परिसकेको थियो ।

भोलि पल्ट हामी हाम्रो गन्तव्य बर्दिबास फर्किने निदो गर्यौ र बिस्तारै यात्रा सुरु भयाे। नयाँ ठाउँ भएकाेले बाटोको छेउछाउ हेर्दै फर्किदै गर्दा केही अघि बढेपछि पत्यारै नलाग्ने दृश्य आँखा अघि आयो ।

यस्तो लाग्यो, हाम्रो आँखाले खोजेको कन्याम त यो पो हो कि? हामि ठूलो चिया बगान नजिकै थियौ । त्यहाँको मनमोहक दृश्यले हामिलाइ मन्त्रमुग्ध बनाइसकेको थियो । त्यहाँको सुन्दर दृश्यलाई हेर्दा, हामि साँच्चै नै स्वर्गमा छौँ कि भन्ने अनुभुति भयो । हिजो हामी जादा बाक्लो हुस्सु लागेर पो रहेछ हामिले कन्यामको सुन्दरता नदेखेकाे माैसम खुल्ना साथ १ घन्टा को फरक निकै मनमाेहक दृश्य देखियाे। आन्तरिक पर्यटकहरुको बाक्लै भिड लागेको यस स्थानमा सबै आफ्नै तरिकाले सुन्दर दृश्यलाई पृष्ठभूमि बनाउँदै तस्विर खिच्न र खिचाउनमा मस्त देखिन्थे ।

मलाई हिजो भर्खर आफू हिडेकाे बाटाे त्यहि हाे भनेर पत्यार लाग्नै सकिरहेकाे थिएन। जादा हुस्सु ले केहि देखिएकाे थिएन त्यसैले सुन्दर दृश्य सबै छुटाएकाे फर्कदा मात्रै चाल पाए, सबैभन्दा ठूलो चिया बगान त बाटोमै रहेछ । घाम पश्चिम तर्फ झर्दै थियो, चिया बगानको सुन्दर दृश्य र उत्तरतर्फ अस्ताउन लागेको सूर्यको प्रकाशमा कञ्चनजंघा हिमालको अलौकिक सुन्दर दृश्यले मेरो कन्याम यात्राको जुन भाेक थियाे त्याे भोकलाई मेट्दै थियो । हेर्दा हेर्दै सूर्य क्षितिजमा विलीन हुँदै थियो। सिमसिम पानी पर्दै थियो ।
स्थानीय का अनुसार कन्याम घुम्नका लागि असोज, कार्तिक, चैत्र र वैशाख महिना उपयुक्त हुने रहेछ। विदेशी भन्दा पनि आन्तरिक पर्यटकले धानेको इलाम जिल्लाको पर्यटन व्यवसायको विकासका लागि प्रकृतिले उपहारमा दिएका हरियालीको संरक्षण र सम्बर्द्वन अति आवश्यक देखिन्छ। किनभने, इलामको पर्यावाची शब्द नै हरियाली हो । इलामवासीले प्रकृतिले दिएको अनुपम उपहारको संरक्षण र सम्बर्द्धन गर्ने भने कन्यामले इलाम जिल्लाको मात्रै नभएर देशकाे अर्थतन्त्रमा समेत

अर्थतन्त्रमा समेत सहयोग पुग्ने देखिन्छ। । यस्तै यस्तै धेरै पक्षहरूले यो यात्रा फलदायी बनेको थियो। जाँदै गर्दा बिच बिच मा पानी परेर मौसम लाई झन झन सुम्धुर बनएको थियो ।
हामी घुम्न निस्केको २ दिन बितिसकेकोले अब हामिलाइ जति सक्दो छिटो आफ्नै सहर बर्दिबास पुग्नु पर्ने भएकोले हामी बिच बिच मा कतै गाडी नरोकी सरासर बिर्तामोड , इटहरी , अनि हर्क साम्पाङ को सुन्दर सहर धरान हुँदै पुर्व पश्चिम् राजमार्गलाइ न छोडि सप्तकोशी नदि हेर्दै रमाउदै , बेला बेला साथीहरु एकाअर्कामा जिस्किदै बर्दिबास आइपुगयौ। यसरी हाम्रो यात्रालाई अविस्मरणीय र सुनमा सुगन्ध झै बनाउन महत्वपूर्ण भुमिका खेल्ने पत्रकार साथी रोशन कोइरी लाई मनै देखि विशेष हार्दिक धन्यवाद ।

















