एपेन्डिसाइटिस भएको यसरी थाहा पाउन सकिन्छ


१ जेठ, काठमाडौं ।  एपेन्डिसाइटिस भनेको एपेन्डिक्स सुन्निनु हो । यो पेटको तल्लो दायाँपट्टि औँलाको आकारको हुन्छ, जुन ठूलो आन्द्राको भाग हो । एपेन्डिसाइटिसको कामबारे अहिलेसम्म यकिन जानकारी छैन । कोही एपेन्डिसाइटिसलाई राम्रो ब्याक्टेरियाहरूको घर भन्छन् भने कोही यसलाई काम नलाग्ने अंगको रूपमा लिन्छन् ।

एपेन्डिसाइटिस ठूलो आन्द्राको पुछारमा हुन्छ ।एपेन्डिसाइटिस सामान्यतया पेटको बीचमा हुने दुखाइबाट सुरु हुन्छ, जुन दुख्ने र ठीक हुने हुन सक्छ । केही घन्टाभित्र दुखाइ पेटको तल्लो दाहिने हाततर्फ सर्दछ, जहाँ एपेन्डिक्स अवस्थित हुन्छ । एपेन्डिक्स पेन कहिले स्थिर त कहिले गम्भीर हुन्छ । यस क्षेत्रमा थिच्दा, खोकी लाग्दा वा हिँडाइले एपेन्डिक्स पेन अझ नराम्रो हुन सक्छ ।एपेन्डिसाइटिस तल्लो दाहिने पेटमा पीडा हुनुको कारणले हुन्छ । तर, धेरै व्यक्तिमा नाभीको आसपास दुख्न सुरु हुन्छ । दुखाइ बढ्दै जान्छ । एपेन्डिक्स बढी सुन्निदै जाँदा दुखाइ पनि बढ्ने र अन्ततः गम्भीर स्थितिमा पुग्दछ । एपेन्डिक्सको तहमा अवरोध आएको अवस्थामा एपेन्डिक्समा संक्रमण हुन्छ । यो नै एपेन्डिसाइटिस हुने सम्भावित कारण हो । ब्याक्टेरियाहरू दु्रत गतिमा वृद्धि हुन्छन् ।

जसका कारण एपेन्डिक्स सुन्निने, फुल्ने र पिप भरिन थाल्छ । एपेन्डिसाइटिस भए छोटो समयमै पेटको सर्जरी गर्नुपर्ने हुन्छ । यस्तो अप्रेसनलाई एपेन्डेटोक्मी भनिन्छ । एपेन्डिसाइटिसको सम्भावना हुनेबित्तिकै सर्जरी गर्ने सल्लाह दिने गरिन्छ । यसको शल्यक्रिया गर्दा अन्य दीर्घकालीन समस्याबाट पनि बच्न सकिन्छ । यदि तुरुन्त उपचार गरिएन भने एपेन्डिक्स फुट्न सक्छ ।

बढी खतरा बच्चा र बुढाबुढीलाई हुन्छ । बोसे आन्द्राले संक्रमण भएको ठाउँमा रहेर संक्रमणलाई वरिपरि ढाक्दिन्छ, जसले गर्दा फुट्ने खतरा हुन्छ । तर, बोसे आन्द्रा सानो बच्चामा ज्यादै थोरै र ठूलो मानिसमा नसा जाम भएर राम्ररी काम नगर्ने हुन्छ । त्यसकारण बच्चा र बुढाबुढीमा फुट्ने खतरा हुन्छ । रोगप्रतिरोधात्मक क्षमता कम भएका र ‍औषधि सेवन गरेकालाई यसको खतरा हुन्छ ।

लक्षण

  • तल्लो पेटको दायाँपट्टि अचानक दुखाइ हुने ।
  • अकस्मात् दुखाइ नाभीको वरिपरि सुरु हुन्छ र तल्लो दाहिने पेटमा सर्दछ ।
  • खोक्दा बढी दुख्ने ।
  • बान्ता हुने ।
  • भोक कम लाग्ने ।
  • हल्का ज्वरो आउने ।
  • पखाला लाग्ने ।
  • एपेन्डिसाइटिसको उपचार एक आपत्कालीन चिकित्सा हो । यस्ता बिरामीले तत्काल प्रभावकारी उपचार पाएनन् भने एपेन्डिक्स फुटेर रोगीको ज्यान नै जाने जोखिम हुन सक्छ । त्यसैले यसका लागि प्राकृतिक उपचारमा भर पर्नु उपयुक्त हुँदैन । यद्यपि, असुविधाको क्षणमा केही उपचार पद्धति पनि काममा आउन सक्छन् ।
  • कसलाई हुन्छ रु
  • जो–कोहीमा पनि एपेन्डिसाइटिस हुन सक्छ । तर, अधिकांश यो १० र ३० वर्षबीचका व्यक्तिमा हुन्छ । यसको सर्वोत्तम उपचार एपेन्डिक्सको शल्यक्रिया गरेर हटाउनु हो । एपेन्डिक्स कहाँ हुन्छ भन्ने कुरा उमेर र तपाईंको एपेन्डिक्सको पोजिसनका आधारमा भिन्न हुन सक्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको