सहजकर्ताहरुको लागि पुनः ताजगी तालिम सुुरु


अनुु खनाल , बर्दिबास
ग्रामीणस्तरमा रहेका सेवाग्राहीलाई सहज वितीय पहुुँच पुु¥याउने उद्देश्यले सहजकर्ताहरुको लागि पुनः ताजगी तालिम सुरु भएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को प्राविधिक तथा आर्थिक सहयोगमा मधेश प्रदेशका सात जिल्ला सप्तरी, सिराहा,धनुुषा,महोत्तरी,सर्लाही, रौतहट र बारा बाग्मती प्रदेशको सिन्धुुली जिल्लाका सहकारी एवम् समूहमा आवद्ध सहजकर्ताहरुलाई सो तालिम दिइएको हो । महोत्तरीको बर्दिबासमा संचालन भइरहेको पाँच दिने तालिममा २५ जना महिला पुुरुषको सहभागिता रहको छ । किसानले उत्पादन गरेका दुुध,तरकारी,जडीबुटी माछालाई बजार सम्म जोड्न सक्ने समाज बनाउनु तालिमको मुख्य उद्देश्य रहेको समृद्धि आयोजनाका वित्तीय समावेशीकरण अधिकृत ईन्दिरा श्रेष्ठले जानकारी दिइन् । तालिममा कारोबारको लेखा जोखा गर्ने, व्यवसायिक योजना निर्माण गर्ने तरिकाहरु सिकाईने प्रशिक्षक लिला निरौलाको भनाई छ । तालिममा सहभागिहरुले आफु आवद्ध समूह तथा सहकारी मार्फत साना किसान तथा उत्पादकका लागि रोजगारीका अवसर सिर्जना गर्ने तरिकाहरु सिकाउने छन् । आफुले उत्पादन गरेका बस्तुहरुको मूूल्य स्वयम किसानले नै खर्च, मेहनतका आधारमा तोक्न पाउन उत्प्रेरित गर्न समेत यो तालिम महत्वपूूर्ण भूूमिका खेल्ने समृद्धि आयोजनाका वित्तीय समावेशीकरण अधिकृत ईन्दिरा श्रेष्ठको विश्वास छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार