सहकारी दिवसमा प्रभात फेरी : बर्दिबास


अनु खनाल, बर्दिबास
महोत्तरीको बर्दिबास नगरपालिकाले ६६औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर प्रभात फेरी कार्यक्रम गरेको छ । सहकारीको दिगोपना, स्वनियम र सुशासन भन्ने नारा सहितको प्रभात फेरी बर्दिबास नगरपालिकाको भवन हुदै बर्दिबास सेवा समितिको कवर्ड हलमा गएर शुुभकामना आदान प्रदान गरीएको थियो ।
बर्दिबास नगर भित्रका वहुउद्देश्य, ऋण तथा बचत, कृषि सहकारी लगाएतका सहकारी कर्मिहरु, बर्दिबास नगरपालिका सहकारी शाखाका कर्मचारी लगाएतको सहभागिता रहेको सो कार्यक्रममा यस क्षेत्रका सहकारी र त्यसमा उत्पन्न समस्याका विषयमा समेत चर्चा भएको थियो । बर्दिबास नगरपालिकामा हाल १०६ सबैखाले सहकारी दर्ता हुन आएको सो शाखामा कार्यरत प्रेमा कार्कीले जानकारी दिइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार