महासङ्घ अध्यक्ष बराल दुर्घटनामा घाइते


बर्दिबास (महोत्तरी) , ९ माघ । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष हेमकुमारी बराल (सुनिता) सडक दुर्घटनामा घाइते हुनुभएको छ ।

आज सोमबार बराल आफैंले चलाउनु भएको मधेश प्रदेश ०२-००६ प २६७६ नम्बरको स्कुटी (स्कुटर) अनियन्त्रित भई ढल्दा घाइते हुनुभएको हो । दुर्घटना बिपी राजमार्गमा पर्ने बर्दिबास-३ गौरीडाँडाबाट बर्दिबासचोक झर्ने क्रममा ओरालोमा भएको जिल्ला ट्रफिक प्रहरी कार्यालय बर्दिबास (महोत्तरी) का प्रमुख उदयसिंह सिजापतिले जानकारी दिनुभयो । कार्यवाहक अध्यक्ष बराल जिल्लास्थित कान्तिपुर सम्वाददाता हुनुहुन्छ ।

बरालका दाहिने हातको नाडी, औंला र बाँया जाँघमा चोट लागेको छ । दुर्घटना भएलगत्तै बर्दिबास-३ गौरीडाँडास्थित जनसेवा अस्पतालमा उपचारपछि बराल घरमै आराम गरीरहनु भएको छ । कार्यवाहक अध्यक्ष बराल सडक दुर्घटनामा परी घाइते भएको खबर पाएपछि जिल्लाका पत्रकारहरु उहाँलाई हेर्न बर्दिबास पुगेका छन् । बरालले हाँकनुभएको स्कुटीमै पछाडि बस्नु भएकी महासङ्घ महोत्तरी शाखाकी सदस्य आशा तोलङ्गेलाई भने कुनै चोटपटक लागेको छैन ।

घाइते बरालले केही दिन आराम गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको