
टक नेपाल/
मकर सन्क्रान्तीको अवसर पारेर तीर्थभुमी देवघाटमा विशाल भण्डाराको आयोजन गरिने भएको छ। माघ १ गतेको अवसर पारेर आइतबार त्रीवेणी सङ्गममा स्नान गर्न जाने तीर्थयात्रीहरुको लागि निशुल्क भोजन(भण्डारा)को आयोजन गरिन लागिएको हो।
षड्दर्शन विश्व अखाडा परिषद नेपालका प्रमुख प्रभारी नारायण दास नागा ( बुलेट बाबा)को संयोजनमा यो वर्ष देवघाटमा भण्डाराको आयोजन गरिदै छ। हरेक वर्ष हजारौंको संख्यामा तीर्थयात्रीहरु मकर सन्क्रान्ती स्नान गर्न देवघाट पुग्ने गर्दछन । सो दिन करिब २० हजार जनाको लागि भण्डाराको व्यवस्था गरिन लागेको सन्त नारायण दास नागा ( बुलेट बाबा)ले जानकारी दिनुभयो। साथै उहाँले उक्त अवसरमा सम्पुर्ण तीर्थालम्बीहरुलाइ त्रीवेणी सङ्गममा स्नान गरी भण्डारा प्रसाद ग्रहण गर्न आमन्त्रण गर्नुभएको छ।