बर्दिवास ।
बर्दिवास नगरपालिकाका युवाहरूले जाडो मौसमलाई मध्यनजर गर्दै न्यानो अभियान सुुरु गरेका छन । “सबैका लागि हामी ” अभियान अन्तरगत यो कार्यक्रम सुुरु भएको हो ।
युवाहरूले बर्दिवास नगरपालिकाका गरिब तथा विपन्नहरूका लागि न्यानो र अति आवश्यक कपडा वितरण गर्नका लागि अभियान सुुरु गरेका हुुन ।
अभियानमा बर्दिवास नगरपालिकाका सबै वर्ग क्षेत्र,लिङ्गका युुवाहरु तथा व्यपारी वर्ग,समाजसेवीहरु मिलेर यो अभियान सुुरु गरेका हुुन । असहाय,विपन्न र गरिवका लागि युुवाहरु२०७९ जेष्ठ महिनामै पहिलाे बैचारिक बहस वाट सबैका लागी हामी अभियान बर्दिवास लगायत अन्य जिल्लाका लागि पनि हामीले एउटा अभियान मार्फत सेवा गरौं भन्ने उद्देश्यका साथ पुुस महिनामा न्यानो अभियान सुुरु भएको अभियानका सद्स्य सुुनिल साहले बताए ।
“सबैका लागि हामी ” अभियान अन्तर्गत पुुस ५ गते देखि सुुरु भएको “न्यानो अभियान”मा अहिले युुवाहरु दिनरात सहयोग ल्याउन आर्थिक संकलनमा जुुटेका सद्स्य सन्जित लामा ले बताए । उनले भने,“यस बर्दिवास नगरपालिकामा धरै गरिब तथा विपन्नहरू परिवारहरु बसोवास गरेका छन । तिनिहरुलाई कसैको मुख नहेरी हामी बर्दिवासका युुवाहरु मिलेर यो अभियान मार्फत जाडोमा न्यानो कपडा सहयोग गर्ने सद्स्य लामाले बताए ।
“सबैका लागि हामी ” अभियान अन्र्तगत बर्दिवास नगरभरीका यूुवा, व्यपारी,समाजसेवी लगायत सयौं सहयोगी हातहरु वास्तविक बिपन्न को लागी होस भन्ने सहयोगी मन हरु ले आश राख्नु भएको अभियानका संयोजन गरिरहनु भएको रवि निरौलाले बताए । उनले भने, यो रकमले अहिले बर्दिवास नगरपालिकामा बसोबास गर्ने अति विपन्न परिवार ,गरिब परिवार,असक्त परिवारहरुलाई पहिचान गरी जाडोमा न्यानो वितरण गर्ने सदस्य निरौलाले बताए । निरौलाका अनुुसार, अहिले सम्ममा १ लाख असी हजार भन्दा वढी रकम संकलन भएको र थप सहयोग आउने क्रम निरन्तर रहेका जनाए । यो अभियानमा सहयोग गर्ने र साथ दिन बर्दिवास नगरपालिका लगायत देश विदेशमा रहनुु भएको दाजुुभाई,दिदिबहिनि आमाबुुवाहरुलाई सहयोग गर्न अपिल गदै भविष्यमा हामीले अन्य सेवाहरू स्वास्थ सुविधा, शिक्षा, साहित्यका क्षेत्रमा पनि काम गर्ने बताए ।यो अभियान अन्तरगत पहिलो चरण मा यहि पुष १० गते न्यानो अभियान वितरण शुरु हुनेछ।











