विश्वकपमा पहिलो पटक एसियाली मुलुकको तीन टोलि नकआउटमा !


एजेन्सी – एसियाली भूमि कतारमा भइरहेको विश्वकपमा तीन एसियाका तीन टोली नकआउट चरणमा प्रवेश गर्न सफल भएका छन्। दक्षिण कोरिया विश्वकपको नकआउट चरणमा प्रवेश गरेसँगै नकआउट चरणमा पुग्ने एसियाली टोलीको संख्या तीन पुगेको हो।
जापान र अष्ट्रेलिया विश्वकपको अन्तिम १६ मा पुगिसकेको अवस्थामा शुक्रबार दक्षिण कोरिया पनि अन्तिम १६ मा प्रवेश गर्यो। युरोपको महारथी पोर्चुगल माथि सनसनीपूर्ण जित निकालेसँगै कोरिया विश्वकपको नकआउटमा पुगेको हो।
इन्ज्युरी समयमा दक्षिण कोरियाले गोल गरेपछि नकआउट चरणमा पुग्ने समीकरण नै फेरियो। कोरियाले अन्तिम गोल गर्नुअघि टोली समूह ‘एच’को अंक तालिकाको पुछारमा थियो। कोरिया बराबरीमा रोकिँदा उरुग्वे समूह उपविजेताको रुपमा अघि बढ्ने थियो। तर ह्वाङ हि चानले ह्युङ मिन सनको पासमा गोल गरेपछि कोरिया अंक तालिकाको दोस्रो स्थानमा उक्लियो।
त्यस्तै अष्ट्रेलिया पनि आफ्नो समूहको उपविजेताको रुपमा नकआउटमा पुगेको हो। अष्ट्रेलिया २ जित र एक हार सहित समूह ‘डी’को उपविजेता बनेको थियो। जापान भने समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भयो। यस पटकको विश्वकपमा एसियाबाट कीर्तिमानी ६ टिम सहभागी भएका थिए। त्यसमध्ये कतार, साउदी अरेबिया र इरान भने विश्वकपको समूहचरणबाटै बाहिरिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको