पोषण थापा नै उपयुक्त उमेदवार रहेकाले उनि बिजय हुनुपर्ने अधिकांश मतदाताको अपेक्षा


बर्दिवास

महोत्तरी क्षेत्र नम्बर १ प्रतिनिधि सभाका स्वतन्त्र पदका प्रभावशाली ब्यक्तित्व पोषण थापा र ने क पा एमालेका उमेदवार लक्षमी महतो र नेकपा माओवादी केन्द्रका नेता गिरीराजमणी पोखरेल मंसिर ४ गते हुने निर्वाचनमा मुख्य प्रतिस्पर्धि उमेदवार हुँन।
प्रतीस्पर्धामा उत्रिएका यि उम्मेदवारहरु मध्ये पोखरेल चुनाब जित्ने पुरानै अनुहार भएकाले यहाँका मतदातालाई पोखरेल प्रती खासै नयाँपनको महसुस भएको छैन ।

पहिलो संविधानसभादेखि अहिलेसम्म महोत्तरीको क्षेत्र नम्वर १ बाट बिजयी हुदै आएका गिरीराजमणी पोखरेलको स्थानमा माओबादी केन्द्रले नयाँ तथा युवा पुस्ताहरुले उम्मेदवार वन्नका लागि गरेको प्रयास यसपाली पनि सफल हुन सकेन । यस निर्वाचन क्षेत्रमा सत्तारुढ दल तथा प्रमुख प्रतिपक्षी दल लगायत स्वतन्त्र सहितका उम्मेदवारहरु प्रतिस्पर्धा गरिरहेका छन । प्रतिस्पर्धामा रहेका राजनैतिक दलहरुले चुनावी एजेण्डामा सडक, खानेपानी, विद्युतीकरण, मेडिकल कलेज निमाण, शैक्षिक सुधार आदीलाई मुख्य प्रथामिकतामा राखेको बताएका छन् ।

देशमा संघीयता स्थापना पश्चात महोत्तरी क्षेत्र नम्बर १ को विकास आर्थिक समृद्धि र रोजगार पाउने आशमा रहेका अधिकांश मतदाताहरु राजनैतिक दलहरुले गरेको झुटो आश्वासनले चिन्तित बनेका छन् । देशमा राजनीतिक रुपमा व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिएको छैन । व्यवस्था बदलियो तर आम नागरिकको दैनिकी उस्तै कष्टकर हुँदा नेताहरुप्रति मतदाताको अविश्वास बढेको छ । शिक्षा, स्वास्थ्य, रोजगारीलगायत नागरिकको दैनिकीसँग जोडिएका समस्या समाधान गर्न दलका उम्मेदवार इमान्दार नबनेको हुनाले देशै भरी स्वतन्त्रको लहर चलिरहदा यस क्षेत्रका अधिकांश मतदाताहरुको पोसन थापा नै उपयुक्त उमेदवार रहेको र मंसिर ४ को चुनाबमा थापानै बिजयी हुनुपर्ने अपेक्षा छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको