
बर्दिबास।
‘धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ ।
त्यस्तै आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ ।
असार १५ वर्षाको सुरुवात्, मुख्य वाली धानको रोपाइँका साथै हाम्रो संस्कृति र सभ्यतासँग गाँसिएको महत्वपूर्ण दिन हो । यस दिनदेखि किसानहरु वर्षाको सुरुवात् भएको, आफ्ना कामको चाँपका दिन आएका, अनि समाजको प्रतिष्ठासँग जोडिएको सबैभन्दा मिठोमानीले खाद्यान्न धानको रोपाइँमा लाग्छन् । त्यही रोपाइँमा लाग्दाको खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांकेतिक र सांस्कृतिक पर्व असार पन्ध्र बनेको बर्दिबास नगरपालिका नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले बताउनुभयो ।
यस शुभ दिनमा बर्दिबास नगरपालिका वासी लगायत देश बिदेशमा रहनु भएको सम्पुर्ण किसान दाजुभाइ,दिदिबहिनीहरुमा असार १५ को शुभकामना दिनुभएको हो ।
उनले यस बर्दिबास नगरपालिकाको किसानहरुका लागि कृषि उत्पादनमा आफू कतै पछाडि नरहने र किसानलाई रोजगार सङ्ग जोडनका लागि बर्दिबास नगरपालिका अगामी दिनहरुमा बिज्ञायहरु सङ्ग छलफल गर्दै अगाडि बढने बताए ।
यस बर्ष किसानहरुलाई मल खाद्यको अभाव नहुनदिन विभिन्न कृषि डिपोहरु सङ्ग छलफल गरि मल खाद्यको छिटो व्यवस्थापनमा लागेको बताए ।आउने दिनहरुमा बर्दिबास नगरपापिकामा किसानहरुका लागि एक वडा एक कृषि सहकारी मर्फत विभिन्न समयमा बिउबिजन,मल खाद्यको व्यवस्था गरिने प्रतिबद्ध हुनुभयो ।
आज असार १५ अर्थात धान दिवस । ‘मानो रोपेर मुरी फलाउने’ दिन ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णणबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो ।