नेपाली काङ्ग्रेस महोत्तरीका जिल्ला सभापती नागेस्वर यादवले स्थानिय तहको निर्वाचनमा ८० प्रतिसत पालिका जित्ने दावी गरेका छन ।
अघिल्लो निर्वाचनभन्दा नेपाली काङ्ग्रेसको संगठनिक अवस्था निक्कै दरिलो भएको कारणले स्थानिय तहमा नेपाली काङ्ग्रेसको नै बहुमत आउने बिस्वास ब्यक्त गरे ।
आज क्षेत्र न.१ महोत्तरीले आयोजना गरेको होली विशेष कार्यक्रममा बोल्दै नेताहरुले नेपाली काङ्ग्रेस महोत्तरीमा अगाडी रहने बताए ।
जिल्ला कमिटी सदस्य बिनोद बरालले टिकटप्रती लक्षीत गर्दै कुनैपनी ब्यक्ती बलियो नभएको र संगठनिक संरचना बलियो भएमा मात्र ब्यक्ती बलियो हुने बताए । कुनैपनी ब्यक्तीले आफु बलियो छ भन्ने नसोचौ पहिला संग्ठनलाइ दरिलो बनाऔ । उन्ले भने ।

उम्मेदवारहरुको टिकटको बिषयलाइ टुंग्याउन नेपाली काङ्ग्रेसले महोत्तरीमा केन्द्रिय सदस्य श्याम घिमिरेलाइ खटाएको छ । होलीपछी नै चुनाव लक्षित कार्यक्रम र उम्मेदवारको बिषयमा ध्यान दिने नेता घिमिरेको भनाइ छ ।
पाटीभित्र लामो योगदान पु¥याएका नेता र युवा नेताहरुमा टिकटको बिषयमा चर्चापरिचर्चा बनिरहेको वेला केन्द्रिय सदस्य घिमिरेले पाटीलाइ जिताउने ढङगवाट ब्यक्तीको समेत मुल्यांकन गरिने वताए ।
पाटीले गठबन्धनको बिषयमा निर्णय गरे सोहीअनुसार अगाडि बढने नेता घिमिरेले वताएतापनी बर्दिबास नगरपालिकाका युवा नेता प्रल्हाद क्षेत्रीले भने गठबन्धनको भने कुनै औचित्य नभएको वताएका छन ।

पटक–पटक स्थानिय नेता चिरिन्जिवी हमालको नाम लिदै नेता क्षेत्रीले नेता हमालको जस्तोसुकै निर्णयलाइ स्विकार गर्ने पनि धारणा ब्यक्त गरे ।
शुभकामना आदानप्रदान गर्ने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुको वाक्लै उपस्थिति रहेको थियो ।









