नारी दिवस : बिबशहरूलाई हर्ष न विष्मत


देबराज तामाङ

२३ फागुन । आज नारी दिवस । तर , जति दिवस मनाए पनि दिवसहरू विबस मै सिमित देखिन्छ । आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा नारीहरुको सक्रिय सहभागीता अनि नेतृत्वको प्रशंसा गरिन्छ । खासगरी सामाजिक सञ्जालहरूमा ।

संसारमा लैङ्गीक समानता एउटा अभियान केवल लमतन्न नारा मात्र भएको छ । निकै विकसीत भनिएका देशहरु पनि नारी उत्पीडन अनि असमानताका मुद्दाहरू लुकाएर बसिरहेका छन् ।

आजभोलि कैयौँ नारी अनि करोडौं नारीका आमा बुवाहरुलाई चयनको निद पर्न मुस्किल भैराखेको छ । निदाउछन, बिउझिन्छन तर मन भरी त्रास, डर अनि भय बोकेर कि अबको सिकार कतै हाम्रै छोरी चेली त हुने होइनन् भनेर झस्किनुपर्ने अवस्था छ । बलात्कारको घटना दिनहुँ बढ्दो छ । धेरै जघन्य अपराधको सिकार भइराखेका छन् ।यस्तो माहोलमा कुन नारीले र कुन नारीका आमा बुवाले सुरक्षित महसुस गर्न सक्छन् होला ? कसरी चयनको निद्रा पर्छ होला र ? कदाचित पर्दैन ।

टेलिभिजनहेरु, रेडियो सुनु, पत्रीका पढु, सामाजिक संजाल खोलु जहाँ पनि यत्रतत्र छ्याप छ्याप्ती दिनहुँ जसो यही घटनाले समाचारलाई ढाकेको छ । जसले प्रत्येक नागरिकको मन सिरिङग पारेको छ । आफ्नो जिन्दगि जोगाउन हम्मे हम्मे पर्नु भनेको कति सम्म लज्जास्पद र दुखदायी होला त्यो प्रत्यकले आफै कल्पना गर्न सक्छन ।

यस्ता घटना दिन प्रतिदिन बढ्नुमा प्रमुख दोषि चाहिँ को होला रु सरकार, कानुन, हाम्रो आफ्नै चेलीबेटी वा जनचेतनाको कमि, सङ्कुचित सोचाइ , स्वयम् हामी नागरिक अथवा अरु कोही ? मलाई लाग्छ यसको दोषि एउटामात्र छैन, यी सबै कुराहरु कमजोर भएर नै आज यस्ता घटना बढीरहेका छन् ।

हुन त अहिले सम्पुर्ण जनताहरु प्रदर्शन गरि राखेका छन् । माग यही छ कि उसको सजाय कडा भन्दा कडा होस । अर्को ढंगले सोच्ने हो भने कहाँ र को बाट सुरक्षित छिन र नारी, स्वयम् आफ्नै आमा बुवाबाट त सुरक्षित हुन सकि राखेकी छैनन । जन्मिनु भन्दा अगिनै जाँचगरि छोरी भए गर्भ तुहाउनमा तल्लिन हुने आमा बुवाबाट कसले सुरक्षा दिने नारीलाई । सोच्दा पनि कहाली लागेर आउँछ अनि जन्मेर हुर्किदै गर्दा पनि छोरा र छोरी बिचको भेदभाव सहदै आइराखेकी नारी लाई कसले न्याय दिने ।

त्यसैले आफै सुरक्षा कसरी हुन्छ ? अपनाउन जरुरी छ हाम्रो चेलीबेटी

कुनै सार्वजनिक ठाउँमा जाउ जस्तै सार्वजनिक यातायात, सिनेमा हल, सार्वजनिक बाटो, सार्वजनिक पार्क कतै सुरक्षीत छ जस्तो लाग्दैन मलाई यस्ता ठाँउहरुमा ती अपराधीहरुले महिलाको संबेदनसिल अङ्ग छुने, नचाहिने गरि महिलाको शरीरमा टाँसिन खोज्ने जस्ता कार्यहरु गरि महिलाहरुलाई खुलेआम हिंसाको सिकार बनाइराखेका हुन्छन, यस्तो अवस्थामा कति नारीले यस्तो भोगेर पनि चुप लाग्छिन आफ्नो बेज्जत हुने डरले होस या आफुलाई कमजोर सोचेर त्यो हिमम्त गर्ने आँट सम्म पनि गर्न सकिराखेकी हुदिनन् ।

त्यसैले नारी कुन ठाउँ र को शीत पो सुरक्षित छिन र अब डर, त्रास बोकेर हिड्नु भन्दा तेसको बिरुद्घ आवाज उठाउने आँट हरेक नारिले गर्नु पर्छ र उसका आफन्तले पनि उसको न्यायको लागि सक्दो साथ र सहयोग गर्नु पर्दछ अब पनि इज्जत र समाजको डरले घटना लुकाउन थाल्यौं भने अपराधी लुक्छ र उसले झन अपराध गर्ने मौका पाउछ । त्यसैले अब हामी सबै यस्को बिरुद्धमा डटेर अघि बढ्नु पर्दछ, सरकारले पनि जनताको कुरा सुनेर र अहिलेको बढ्दो घटनालाई हेरी कडा भन्दा कडा कानुन ल्याउन र त्यसको लागू गर्न अत्यावश्यक रहेको छ ।

नत्र यसैगरि सहज तरिकाले लाने र चुपचाप बस्न थाल्ने हो भने कुनै पनि नारी लाई घर बाट निस्केर साँझ फेरि सकुशल फर्किन पाउछ पाउदिन भन्ने कुराको पनि टुंगो रहदैन।

यस्तै हिँसा अत्याचार बाट नारीहरु बँञ्चित रहन नपरोस नारी दिबसको सम्पुर्ण नारीहरुमा सुभकामना ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको