१३ फागुन,महोत्तरी । महोत्तरी प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
महोत्तरीको गौशाला नगरपालिका ८ बस्ने २० वर्षीय विवेक कार्की र वडा नं। ९ बस्ने २३ वर्षीय राकेश साहलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
कार्कीको ज्याकेटको गोजीबाट लुकाई छिपाई राखेको प्रतिवन्धित नाईट्राभेट ट्याब्लेट १४ पिस, स्पास्मो प्रो।ट्याब्लेट ८ पिस र साहको गोजीमा रहेको नाईट्रोभेट ट्याब्लेट खुल्ला २ पिस र स्पास्मो प्रो।ट्याब्लेट ३ पिस बरामद भएको प्रहरीले जनाएको छ ।
बुधबार साँझ साढे ७ बजेको समयमा औरही नगरपालिका वडा नं ।४ स्थित अस्थायी प्रहरी पोस्ट कठुधारबाट खटेको प्रहरी टोलीले शंकाको आधामा चेकजाँच गर्दा पैदल यात्री दुबैजनालाई लागूऔषधसहित पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी प्रकाश विष्टले जानकारी दिए ।



















