पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ५१ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३ सय ८६ संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घन्टामा ८ हजार ७ सय ४ जना निको भएका छन्। र, सोही अवधिमा ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज थपिएका सँगै देशभर ४५ हजार २ सय ४८ सक्रिय संक्रमित रहेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको