११ माघ, धनुषा । धनुषामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको गणेशमान चारनाथ नगरपालिका ६ चारनाथ पुलमा सोमबार गएराती बसको ठक्करबाट स्थानीय ६५ वर्षीय राजेन्द्र प्रसाद जैसवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना ७ ख ७४ ४३ नम्बरको बसले बाटोमा पैदल हिडिरहेका उनलाई हिजो गएराती १० : ३० बजेतिर ठक्कर दिएको प्रहरीले जनाए । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
ठक्कर दिने बससहित चालकलाई नियन्त्रणमा लिई प्रहरी चौकी पोर्ताहामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









