महोत्तरीमा कोरोनाको कारण एक व्यक्तिको मृत्यु


८ माघ । महोत्तरीमा कोरोनाको तेश्रो लहरबाट एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा औरहि नगरापलिका ५ श्रीपुरका ४९ वर्षका पुरुषको कोरोना संक्रमण पछि मृत्यु भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

केहिदिन अघि आन्द्राको सल्यक्रिया गराएका उनको धरान स्थित विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको थियो । परिवारलाई उदृत गर्दै महोत्तरीका कोभिड फोकल पर्सन गिरेन्द्र झाले पिसिआर परिक्षण पछि रिपोर्ट पोजेटिभ आएको र आईसोलेसनमा राखेर उपचार गर्नेक्रममा धरानमै उनको मृत्यु भएको जानकारी दिए ।

उनको शव महोत्तरी ल्याएर परिवारले गएरातिनै अन्त्यष्टी गरिसकेको छ उनको अन्त्यष्टीमा सहभागिलाई स्वास्थ्य मापदण्ड अनुरुप होम आईसोलेसनमा बस्न अनुरोध गरिएको झाले बताए ।

परम्परा अनुसारकै मृत्यु संस्कार परिवारले गरेको भएपनि थोरै व्यक्ति मात्रै सहभागी भई स्वास्थ्य मापदण्ड अनुरुपनै अन्त्यष्टी गरिएको झाले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको