बागमतीमा टिपरको ठक्करबाट बम्जनको मृत्यु


८ माघ । सर्लाही जिल्लाको बागमतीमा शुक्रवार राती टिपरको ठक्करबाट माओवादी केन्द्र निकट वाइसिएलका एक नेताको मृत्यु भएको छ।

मृत्यु हुनेमा हरिवन नगरपालिका(५,का पञ्च सिंह बम्जनका ३५ वर्षे छोरा सुनिल बम्जन रहेका छन्।

राति करीब ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ बा।८४ प।५९०८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका बम्जनलाई सोही दिशाबाट आउँदै गरेको ना।७ ख।८३०० नम्बरको टिपरले ठक्कर दिएको थियो।

दुर्घटनापछि बम्जनलाई उपचारका लागि रौतहटको चन्द्रपुरस्थित चन्द्रपुर अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

बम्जनलाई ठक्कर दिने टिपर र चालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको