कञ्चन जेसिजले गर्यो घर घरमा पुगि न्यानो कपडा वितरण


प्रिया अधिकारी

६,माघ रुपन्देही । रुपन्देहीमा २०२२ को पहिलो कार्यक्रम अन्तर्गत एक समाजसेवी व्याक्ति कञ्चन जेसिजले घर घरमा पुगि अति विपन्न जेष्ठ नागरिक तथा अपांग नागरिक भएका परिवारहरुलाई न्यानो कपडा वितरण गरेको छ।

कञ्चन गाउँपालिकाको वडा १ र २ गरि ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ । जस मध्ये १ जना अपांग र २९ जना अति विपन्न तथा जेष्ठ नागरिक रहेका छन् ।

वर्तमान अध्यक्ष राजन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चन जेसिज संस्थापकअध्यक्ष अति विपन्न तथा जेष्ठ नागरिकहरुलाई यो चिसोको मौसममा न्यानो कपडा वितरण गर्दा केही भए पनि राहत मिल्ने र चिसो कै कारण विरामी तथा ज्यानै जान सक्ने सम्भावना कम हुने हुँदा आफुले सकेको न्यानो कपडा वितरण गरेको चुडामणि पौडेलले बताउनु भयो।

२०२० का अध्यक्ष बाबुराम पौडेलको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा कार्यक्रम संयोजन नारायण शर्माको आस्था पाठ , २०२१ का निवर्तमान अध्यक्ष राधिका चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रम जेसि महासचिव बुद्धि प्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको