३ माघ । प्रदेश २ को स्थायी राजधानी जनकपुर बनेपछी वीरगन्जका जनताहरूले मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाइएको छन् ।
मुख्यमन्त्री राउतले वीरगञ्जविरुद्ध षडयन्त्र गरेर जनकपुरलाई प्रदेशको राजधानी बनाएको आरोप लगाउँदै स्थानीय युवाहरुले उनविरुद्ध नाराबाजी गर्दै पुत्ला जलाएका हुन् ।
आक्रोशित युवाहरुले वीरगञ्जको घण्टाघरमा मुख्यमन्त्री लालबाबु मुर्दाबादद् मुख्यमन्त्री चाहिँदिन, वीरगञ्ज बेच्न पाइदैन लगायत नारा लगाउँदै उनको पुत्ला जलाएका छन् ।
पुत्ला जलाउन पुगेका युवा र रोक्न गएका प्रहरी बीच केहि समय तनाव पनि भएको थियो ।युवाहरुका अनुसार मुख्यमन्त्री राउत वीरगञ्जको स्थानीय हुँदाहुँदै पनि उनले यसलाई राजधानी बनाउन कुनै पहल नगरेको र उल्टै जनकपुरको पक्षमा उभिएका थिए ।पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका निवासी राउत पर्सा निर्वाचन क्षेत्र नम्बर १ को ख बाट निर्वाचित भएका छन् ।
पछिल्लो लामो समयदेखि राजधानीको वीरगञ्ज की जनकपुर विषयमा चर्चा चलिरहेको बेला उनले यस विषयमा केहि बोलेका थिएनन् । यद्दपी युवाहरुका अनुसार उनले भित्रभित्रै आफ्नो पद जोगाउनका लागि जनकपुरलाई राजधानी बनाउन पार्टीका नेतासँग सहमति जनाएका थिए ।
सोमबार जनकपुरस्थित प्रदेशसभाबाट दुई तिहाईको बहुमतले प्रदेशको राजधानी जनकपुरधाम र नाम मधेस पारित भएको छ ।









