२७ पुष । भिटामिन हाम्रो शरीरका लागि धेरै आवश्यक कुरा हो । यिनीहरुमा एन्टि(अक्सिडेन्ट पाइनुका साथै विभिन्न फाइदाहरु पनि छन् ।
भिटामिन सि विभिन्न रसिला फलफुलबाट पनि पाउन सकिन्छ । जस्तै सुन्तला, कागतीमा प्रसस्त मात्रामा भिटामिन सी पाउन सकिन्छ । यसबाहेक गोलभेंडा तथा यसको जूसमा पनि प्रसस्त मात्रामा भिटामिन सी पाइन्छ ।
भिटामिन सी हाम्रो शरीर, छाला र हाम्रो कपालका लागि अति नै फाइदाजनक हुन्छ ।
भिटामिनले हाम्रो शरीरलाई विभिन्न फाइदा प्रदान गर्छ भन्ने कुरा हामी सबैलाई थाहा छ, तर यसका केही हानी पनि छन् भन्ने कुरा हामी सबैलाई थाहा नहुन पनि सक्छ ।
भिटामिन सीबाट हुने हानी
जे कुरा पनि आवश्यकताभन्दा बढी भयो भने हानी गर्छ भन्ने मान्यता रहँदै आएको छ ।
यो कुरा हाम्रो डाइटमा पनि लागू हुन्छ ।
यदि हामीले कुनै पनि कुरा सही मात्रामा लियौं भने यसले हामीलाई फाइदा पुऱ्याउँछ, तर यहि कुरा हामीले आवश्यकताभन्दा बढी सेवन गऱ्यौं भने त्यसबाट नोक्सान पनि पुग्न सक्छ ।
यदि भिटामिन सीलाई बढि मात्रामा लियौं भने आइरनको मात्रा शरीरमा धेरै हुन्छ, जसकारण शरीरमा विभिन्न किसिमको रोग उत्पन्न हुने खतरा बढ्छ ।
भिटामिन सी बढि मात्रामा सेवन गर्नाले किड्नी बिग्रने खतरा हुन्छ ।
भिटामिन सी बढि मात्रामा सेवन गर्नाले पेट खराब हुने समस्या हुन सक्छ ।









