महोत्तरीमा एमाले बैठकमा एउटा समूह सपथग्रहण अर्को समूह बाहिरिए


२६ पुष, महोत्तरी । नेकपा एमाले महोत्तरीको जिल्ला आयोजक कमिटी सदस्य टुङ्याउन आज बसेको बैठकमा एउटा समूहले सपथग्रहण गराएको छ भने अर्को समूह बाहिरिएको छ ।

जिल्लामा एमालेका चार जना केन्द्रिय सदस्य मध्य बुधिनिदेवी र रामदयाल मण्डल समूहले २ सय जनाको जिल्ला आयोजक कमिटी निर्वाचित गरि सपथ ग्रहण गराएका छन् ।

तर केन्द्रिय सदस्य सरोज यादव र टेक बहादुर बलाम्पाकी भने आयोजक कमिटीको नाम सूचिमा आफूखुसी हेरफेर गरेको भन्दै हलबाट बाहिरिएका छन् ।

‘पाटीको विधि र बिधानअनुसार सबैजना प्रक्रियामा चल्नुपर्छ अन्यथा त्यो वैधानिक हुँदैन’ केन्द्रिय सदस्य सरोज यादवले भने ।

यता रामदयाल मण्डल समूहले भने आयोजक कमिटी पाटीको विधि र वैधानिक प्रक्रियालाई आत्मासाथ गरि निर्वाचित गरिएको दाबी गरेको छ ।

बहुमतवाट नै बैठकमा पेश गरिएको नामावाली पारित भएको भन्दै केन्द्रिय सदस्य बुधिनी देविले सपथ खाएको २ सय जना नै जिल्ला अधिवेशनको लागी आयोजक कमिटी बनेको जानकारी दिइन् ।

उन्ले सइन्चार्ज समेत रहेका सरोज यादवले हलमा सदस्यता नै नभएका व्यक्तिहरु ल्याएर हो(हल्ला गर्न लगाएको आरोप लगाइन् ।

पाटीभित्र रगत पसिना बगाएका संगठित सदस्यलाई मात्र स्थान दिनुपर्ने जिकिर गर्दै केन्द्रिय सदस्य बुधिनिदेविले भनिन् ‘स(इन्चार्जले चाहँदैमा केही हुँदैन हामीले गहन छलफलपछि नै नाम पारित गरेका हौं ।’

केन्द्रीय सद्स्य टेक बहादुर बलाम्पाकीले पनि पोलिटब्युरो सदस्य रामदयाल मण्डल र बुधिनिदेविले छलफलबिना आयोजक कमिटी बनाएको आरोप लगाए ।

आयोजक कमिटीमा समावेश गरेका नामहरुप्रती असन्तुष्ट जनाउदै बलाम्पाकी पनि सरोज यादवसँगै हलबाट बाहिरिएका थिए ।

समझदारी र छलफलवाट नै आयोजक कमिटी टुङ्याउनु पर्ने केन्द्रीय सदस्यद्वय यादव र बलाम्पाकीको अडान छ । तर रामदयाल मण्डलले भने सपथग्रहण गराएकै समूह अधिवेशन आयोजक कमिटी भएको बताएका छन् ।

स(इन्चार्ज र अध्यक्षको स्विकृतिबिना केहीपनि नहुने बताउँदै असन्तुष्ट यादवले केन्द्रबाट पनि स्थगित गर्न निर्देशन आएको दाबी गरेका छन् ।

सरोज यादव अहिले जिल्लाका स(इन्चार्ज हुन भने टेक बहादुर बलाम्पाकी अध्यक्ष हुन् । नेकपा एमाले महोत्तरीमा देखिएको मतबिभाजनले ५ माघ र ६ लाई निर्धारण गरिएको अधिवेशन नै बिथोलिन सक्नेतर्फ कतिपय नेताहरुले चिन्ता ब्यक्त गर्न थालेका छन् ।

आयोजक कमिटी बनाउन असमझदारी र गुट(उपगुटका कारण यति धेरै भाडभैलो भैइरहदा प्रतिनिधि चयनदेखी जिल्ला अधिवेशन गर्नमा समेत नेकपा एमाले महोत्तरीमा ठूलै सकस पर्ने देखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको