१९ पुष । बुटवल १५ ढवाहामा रहेको वेस्टर्न मेघा कलेजले आइतबार कोबिड –१९ तथा विभिन्न दुर्घटनामा परि ज्यान गुमाएका बिध्यार्थी तथा कर्मचारीको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कलेजले स्व दिपक पान्डेय स्व इन्द्र बहादुर राना स्व हेमराज चन्द ठकुरी स्व अर्जुन कुमार अधिकारी स्व सन्जु खनाल र स्व गणेश पोख्रेल को स्मृतिमा उक्त कार्यक्रम को आयोजना गरेको हो । रक्तदान सङसङै खेल्कुद सप्ताह कार्यक्रम को पनि उद्घाटन गरेको छ ।
रक्तदान संगसंगै सुरु भएको खेलकुद सप्ताह अर्को साताको आइतबार ट्राफिक सचेतना कार्यक्रम संगै अन्त्य हुनेछ ।
स्वस्थ मानिसले प्रतेक ३ महिनामा रक्तदान गर्न सकिने र रक्तदान गर्दा शरीरलाई कुनै प्रकारको असर नगर्नी र आफुले पनि त्यही कुरालाई मध्नजार राखेर प्रथम पटक रक्तदानमा सहभागी भएको विद्यार्थी को भनाई छ ।
प्रतेक संस्था र व्यक्तिले रक्तदानमा सहभागी हुनेहो भने रक्त संकट नहुने र यस कलेज मा विद्यार्थी हरुको सामाजिक उतर्दियत्त वाहन गर्न सिकाउन यस्ता कार्यक्रम उपयोगी हुने अध्यक्ष कलेजका अध्यक्ष मेघराज पन्थले बताउनुभयो उहाले यस कलेजका बिद्यार्थी हरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको पनि जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रम मा ४५ युनिट रगत संकलन भएको कलेजले जनाएको छ ।जसमा कलेजका विभिन्न कर्मचारी तथा बिद्यार्थी गरि ४५ जनाले रक्तदान गरेका थिए। साथै कलेजले बि एच एम प्रथम सेमेस्टरमा भर्ना खुलाइरहेको रहेको छ। वेस्टर्न मेगा कलेज आरम्भ ग्रुप अफ हस्पिटालिटी लिमिटेड ले सन्चालन गर्दै आएको छ।



















