पढ्नुस कथा हैन यर्थात हो, धनले हैन मनले बाचिन्छ मान्छे


देबराज

९ पुष । अहीले यो पढ्दा सून्दा कथा जस्तै लाग्न सक्छ तर हैन यर्थात हो
भनिन्छ हिमाल चढ्ने संसार नाप्ने तर आफ्नो निर्दयी बोलीको हिमाल कस्ले नाप्ने भन्छन् बोले संसार जितिन्छ तर निष्ठुर बोलेर संसार मिचिन्छ।

केहि समय पैला मलाई त खुशी लाग्दैन थियो तर उसलाई भने दिनभरी मध्ये घामको तापमा भारी बोकेर हिट्दै गरेको भरियाले चिसो पिपलको चौतरा,छहारी भेटेझै खुशी हुँदै मलाई सुनाउने गर्थीन आज तिमिहरुको औकात के छ ? तिमिहरुको फ्रेन्डलिस्ट्मा जति मान्छे छ त्यो भन्दा बढी मेरो ब्लक लिस्टमा छ भनेर ३२ को छाति ३४ पुराउथ्यो ।

धन र आफ्नो रुपको ठुलो घमण्ड थियो

त्यो शब्द सुनेपछी म अकबक्क भयर बस्थे अकबक्क पनि किन नहुनु बिहानको पढाई संगै दिनभरको कामको थकाई पछिको समय उसैलाई दिएको हुन्थ्यो र पनि उस्को सब्द भने त्यस्तै आईरहन्थ्यो बुझाई भने थिएन तर मैले ब्लकलिस्टमात के अनफ्रेण्ड सम गरेन किनकी मलाई उसको हरेक दिनचार्य देख्न बुझ्न थियो ।

यस्तै शब्दहरुको कारण कुराहरुपनि कम हुदै समय पनि बित्दै गयो समय सङ्ग सङ्गै मन पनि सर्पले काचुली फेरेझै फेरिदै गयो तर जति मन फेरिएपनी त्यो सङ्गै बितायको समयको यादहरु भने फेरियको थिएन । सयौं बर्ष आयु बोकिरहेको चन्द्रमालाई त ग्रहण लागेर सताई रहन्छ भने हामि त एकै जुनि बोकेको एक शरीर त हो सधै एकै किसिमको कहाँ हुन्छ ?

माथी उधारण दियजस्तै उस्लाई पनि स्वस्थ्यमा समस्या पर्दै आएछ त्यो सुने पछी मेरो मनमा शान्ति भने रहेन समस्या स्वीकार गर्न नसक्नु रैछ जुन जो कोहिबाट सहयोग गर्छु भनेर गर्दा पनि समस्या समधान नहुने ब्लड क्यान्सर भको रैछ ।

त्यसपछि उस्लाई रगतको अभाव भयो मेरो उसको विपरित रगत भएको कारण मिलेन र जति उसको फ्रेड्लिस्टमा थियो कसैको बाँट पनि मिल्ने भएन शरीर भने दिन दिनै कम्जोर हुँदै गयो तर सहयोग भने पाईराको थिएन ।

हस्पिटलबाँट भने बारम्बार त्यही एउटै प्रश्न रैछ रगत उपलब्ध किन गराउनु भएन ? पछि केही तल माथी भएमा हामी जिम्मेवार हुदैन तपाईको विरामीको स्वास्थ्य अबस्था भने निकै कठिन हुँदै गको छ यति कुरा सनेपछि उसलाई मिल्ने रगतको खोजिमा सामाजिक संजाल मार्फत सहयोगको अपेक्षा राख्न् थाले ।

परिवार आफन्तजन सबै चिन्तित छन पिर चिन्ता पनि कनि नहोस् मृत्युको मुखमा छोरी पुगीरहदा चिन्तामै बसेकी जन्मदिने आमा गहभरी आँशु झार्दै काखिमा पानिको बोतल च्यापदै भन्छिन नानी शत्रुलाई पनि यस्तो नहोस् जुन आज मेरी छोरीले भोगीराछ ।

तर छोरीको अहम्ता भने परिवार जनले बुझेको थिएन ?

सामाजिक संजाल भरिदै गर्दा यो सन्देश त्यस्तो मान्छे संग पुग्यो जो मान्छे संग मिल्ने रगत थियो तर त्यो मान्छेले जानकारी गराउनको सट्टा जति उसको नामको सहयोग देखिनथ्यो सबैलाई अनफ्रेण्ड गर्दै बसथ्यो । किनकी उसस्लाई तेरो कुनै औकत छैन म संग कुरा गर्न भनेर ईगनोर गर्दै ब्लक गरेको अविस्मरणिय क्षण रहेछ ।

बिरामीको अवस्था भने डुब्न लागेको सुर्यको किरण जस्तै भयो कहि कतै बाट सहयोग नपाए पछि जतिनै धन र रुप भए पनि उनि मृत्युको सिकार हुन पुग्यो ।

मृत्यु बाट उ बाच्न सकिन्थ्यो यदी उसले रुप र धनको घमण्ड नगरेको भए जो संग उसको रगत मिलेको थियो त्यो मान्छेलाई राम्रो संग थाहा थियो की हाम्रो शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ भनेर तर दान गर्न सकेन उस्लाई किनकी उसमा धन र रुपको ठुलो अहम्ता थियो भन्छ ।

त्यसैले कहिल्यै कसैलाई पनि हेप्पसी नगरौ यी शब्दहरु लेखीरदा मन भने बिचलित छ आखिर पाउनु मात्र पनि त ठूलो हैन त्याग पनि त अमर छ हामीमाझ ।

फुल्नै लाग्दा कोपिला ओइलिए जस्तै यहाँ त अध्यायले कोल्टे फेरिसकेछ देखिएका सपनाहरु धुमिल बनिसकेछन् आभासीन आत्माहरु टुटिसकेछ स्वर्गीय स्पर्शहरु हराइसकेछन् अत्मीक भावहरु मरिसकेछ अनि स्वर्णिम आभासका कल्पनाहरु
आगोको तप्कामा पुतली जले जसरी जलिसकेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको