७ पौष । आज वर्षको सबैभन्दा छोटो दिन आज काठमाडौंमा सुर्योदय ५ बजेर ५० मिनेटमा भएको छ सुर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुने जनाइएको छ ।
भोलिबाट दिन लम्बिदै जानेछ तापक्रम घटेसँगै चीसो बढेको छ काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको र तराईमा पनि चीसो बढेको छ जुम्लामा माइनस ५ डिग्री पुगेको छ ।
आज देशको पहाडी भूभागमा आंशिक बदली रही प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।









