५ मङ्सिर,कपिलवस्तु । हिन्दु हरु काे संगठन एवं हिन्दुहरु काे हकअधिकार काे बारेमा निरन्तर रुपमा काम गर्दै आएकाे हिन्दु युवा शक्ति कपिलवस्तु काे मायादेवी गाउपालिका काे कमिटीलाई धम्की आएकाे छ ।
हिन्दुहरुलाइ संगठित , गाै संरक्षण र गुरुकुल शिक्षाको उद्देश लिएर कपिलवस्तु जिल्ला सक्रिय रहेर एउटा छुट्टै पहिचान र चर्चामा आएकाे हिन्दु युवा शक्ति कपिलवस्तु काे मायादेवी गाउपालिका काे फेसवुक आइडिमा गाली गर्दै एक जनाले धम्की दिइएका हुन ।
हिन्दु युवा शक्ति मायादेवी काे फेसवुक आइडिमा गणेश शंकर पाण्डेय काे फेसवुक आइडि बाट म इन्डिया बाट बाेल्दैछु । भन्दै अश्लील गाली समेत दिदै धेरै नराम्रो शब्दहरुकाे प्रयोग गरेको हिन्दु युवा शक्ति मायादेवी का अध्यक्ष देवेन्द्र वर्मा ले जानकारी दिनु भयो ।
वर्मा का अनुसार याे आइडि हिन्दु काे नभइ गैर हिन्दु रहेको कारणले यस्तो खाल काे भाषा काे प्रयोग गरिरहेका छ । यस्तो आईडि चलाउने लाई नियमकानुन अनुसार कार्यवाही काे लागि समेत भन्नू भयो ।
हिन्दु युवा शक्ति कपिलवस्तु संगठन काे समिति महाराजगन्ज नगरपालिका , कृष्णनगर नगरपालिका , बुद्धभुमि नगरपालिका , मायादेवी गाउपालिका र शुद्धाेधन गाउपालिका यश संगठन काे समिति निर्माण भइसकेका हाे । संगठनले निरन्तर हिन्दुहरु माथि अत्याचार र अन्याय भएको खण्डमा विभिन्न किसिमको विरोध कार्यक्रम लगायत अन्य कार्यक्रमहरु गर्दै अाएकाे हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेय बताउनु भएको छ ।









