भंगहा नगरपालिकाका मेयर साहले गरे नेपाल सरोकारलाई जग्गा दान


बर्दिवास ।
महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव कुमार साहले नगरपालिकाका कार्यालय भवनका लागि जग्गा सहयोग गरेका छन ।
आफनो निजि जग्गा १० कठ्ठा १९ धुर आमा फुली साह सुडिको नाम रहेको जग्गा नेपाल सरोकारको नाममा बर्दिवास मालपोल कार्यालयमा आएर दान गरी सहयोग गर्नुु भएको मेयर संजिव साहले बताए ।
मेयर साहका अनुुसार,“ यो जग्गाको हाल चलनचलतीको मूल्य प्रतिकठ्ठा १५ लाख रुपैयाँ रहेको बताए । सो अनुसार आफूले डेढ करोड रुपैयाँ भन्दा बढीको जग्गा नगरपालिका कार्यालयका लागि सहयोग गरेको उनले बताए ।
भंगहा नगरपालिका वडा नम्बर– ५ सीतापुर बजारमा हाम्रो आफ्नो जग्गा नगरपालिकाको प्रमुख प्रशासनिक भवनको लागि मेरो छोरा संजिव साहले दान गर्ने समाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको घोषणा अनुुसार आईतवार आफुु लगायत सम्पूूर्ण परिवार आएर जग्गा पास गरेको मेयर साहको आमा फुुली साह सुुडीले बताईन ।
उनले भने मेरो छोरा मेयर मात्र हैन मेरा सम्पूूर्ण नगरपालिकाका आमाहरुका छोरा हुुन र समय परेका वेलामा हरेक दुुखी गरीवको छोरा बनेर जनताका लागि काम गर्ने आमा साहले बताईन ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको