दुई समूहबीच छुरा हानाहान एक युवकको मृत्यु, एक घाइते


४ पुष, सिरहा । सिरहाको गोलबजार नगरपालिका ६ मा शनिवार राति युवाहरुको दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते छन् ।

छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदायको मृत्यु भएको हो । छात्तीमा छुरा लागेका उनलाई उपचारका लागि धनगढीस्थित आरके मेडिसिटी अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक सदायकै समूहका १९ वर्षीय निकेश सदाय छुरा प्रहारबाट गम्भीर घाइते भएका छन् । उनको आरके मेडिसिटी अस्पतालमै उपचार भइरहेको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारका अनुसार के विषयमा विवाद भएर छुरा हानाहान भएको भन्ने खुल्न नसकेको बताए । उनले घटनाबारे थप अनुसन्धान र संलग्नको खोजी गरिरहेको पनि बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको