२७ मंसिर,उदयपुर । उदयपुरमा ‘ऐलानी जग्गा नापी’ कार्य सुरु भएको छ । जिल्लाभित्र रहेको ऐलानी जग्गाको एकीन तथ्याङ्क संकलनको पूर्वघोषित कार्यक्रम अनुसार त्रियुगा नगरपालिका वडा नम्बर १३ मा नापीको काम थालिएको हो ।
आईतबारदेखि वडा अन्तर्गतका बिभिन्न टोल, बस्तीहरुमा प्राबिधिक सहितको टोली खटिई ‘नाप्न’ सुरु गरिएको त्रियुगा १३ नम्बरकी वडाध्यक्ष पशुपति चौधरीको भनाई छ । उनका अनुसार वर्षौदेखि जग्गा भोगचलन गर्दै आएपनि लापूर्जाबिहीन अवस्थामा रहेका जग्गाधनीहरुलाई ‘लालपूर्जा’ उपलब्ध गराउन नापीको कामलाई तीब्रता दिइएको हो ।
नगरपालिकाको ऐलानी जग्गा नापी कार्यविधि अनुसार जग्गाको नाप लिने काम भइरहेको त्रियुगा नगरपालिका ऐलानी जग्गा व्यवस्थापन समितिले जनाएको छ । यसअघि ऐलानी जग्गालाई व्यवस्थापन गरी भोगचलन गर्ने व्यक्तिहरुलाई धनिपूर्जा उपलब्ध गराउने भन्दै बिभिन्न आयोगहरु पटक पटक बनेपनि काम नगरी कार्यकाल सकिदै आएको छ ।
तर, पछिल्लो समय नगरपालिकाले स्थानीय सरकारले कार्यविधिको मापदण्डमा तोकिए अनुसार जग्गा व्यवस्थापन गर्ने गरी नाप जाप सुरु गरेको त्रियुगा गनरपालिकाले जनाएको छ ।
वडाको बिभिन्न सम्बन्धित निकाय, स्थानीय, टोल विकास संस्थालगायतको उस्थितिमा बहुपक्षीय छलफलपछि समितिले नापजाँच गर्ने निस्कर्ष निकालेको थियो ।
उदयपुरको त्रियुगामा हालसम्म वडा नम्बर १, २, ३ र ६ मा नापीको काम पूरा भइसकेको छ । १२ नम्बर वडाको बिभिन्न ऐलानी जग्गाहरु नापी भइरहेका छन् । भने १३ नम्बर वडामा पनि भर्खरै थालिएको हो ।
त्रिनपाका प्रशासनिक कर्मचारी भुवन श्रेष्ठसहितको प्राबिधिक टोलीले जग्गा नापीको काम अगाडि बढाउदै आएको छ । बाँकी वडाहरुमा पनि चाँडै नापी सुरु हुने त्रियुगा नपाले जनाएको छ ।
जेठे खबर









