मुक्तक १
नयन खोली हेर्न सके हार भित्र जित हुन्छ
अँगालोमा बेर्न सके फूल भित्र शीत हुन्छ ।
कोपिला ति फूल्न खोज्दै शैलजस्तै उठे भने
सम्हालेर हेर्न सके मुटु भित्र प्रीत हुन्छ ।।
मुक्तक २
नयन खोली हेर्न सके हार भित्र जित हुन्छ
अँगालोमा बेर्न सके फूल भित्र शीत हुन्छ ।
कोपिला ति फूल्न खोज्दै शैलजस्तै उठे भने
सम्हालेर हेर्न सके मुटु भित्र प्रीत हुन्छ ।।
मुक्तक ३
यादहरुको पहाड भित्र तिमी कतै हरायौ कि
जिन्दगीकै बहाव उठ्दा तिमी कतै डरायौ कि ?
उठ्छन छाल तल माथि बाँध बाँध्न गाह्रो हुन्छ
आफू खाली रित्तो हुँदै मन अन्तै सरायौ कि ??
मुक्तक ४
धेरै हुन्छन भोग्नु पर्ने जिन्दगीका कथाहरु
दुस्ख शुख जोख्नु पर्ने जिन्दगीका कथाहरु ।
झरनाझैँ समुन्द्रको छल्किआउँने बहाव जस्तै
कति नभरिदै पोख्नु पर्ने जिन्दगीका कथाहरु ।।
मुक्तक ५
तिम्रै दिलको आँगनिमा बिस्कुन सुकाएँछु
मन भित्रको भकारीमा तिमीलाई लुकाएँछु ।
जे जे माग्दा दिन्छु भन्दै सब थोक लुटाउँदै
घुम्टो खोल्दै बेलाबखत उनलाई फुकाएँछु ।।
तारा पौडेल अविरल
सुर्योदय नगरपापालिका, ३
इलाम ।









