रामगोपालपुर नगरपालिकामा नगर प्रमुखले शक्तिको दुरुपयोग गर्दै दिए सार्वजनिक विदा


महात्तरी ।
महोत्तरीको रामगोपालपुर नगरपालिकाका नगर प्रमुख अशोक कुमार मण्डलले पार्टीका नेता एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम रहेकोले सो को खुसीयालीमा सार्वजनिक बिदा दिएका छन् ।
लामो समय पछि विद्यालयहरु संचालन भएको वेलामा यसरी विदा दिईएको प्रति रामगोपालपुुर नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष जितेन्द्र चौधरीले भने यो सरासर गलत भएको बताए । उनले भने “सत्तामा हुुदैमा शक्तिको दुरुपयोग गरिनु सरासरी नियम विपरित हुन्छ ” । यदी कार्यक्रम राख्नै थियो भने विदाको दिन राख्दा राम्रो हुुने अध्यक्ष चौधरीले सुुझाव दिए ।
नगरप्रमुख अशोक कुमार मण्डलले सूचना निकालेर प्रचण्ड आउने कार्यक्रमका लागि बुधबार नगरपालिकामा सार्वजनिक बिदा दिएको उनले जानकारी दिएका छन् ।
रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटनका लागि प्रचण्ड रामगोपालपुर नगरपालिका आउँदैछन् । आधारभूत स्वास्थ्य केन्द्रहरू तथा वडा नम्बर २,३,४,६,७,८ र ९ मा निर्माण गरिएको विचिन्न सामुदायिक भवनहरुको प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नगरप्रमुख अशोक कुमार मण्डलले पार्टीका नेता तथा कार्यकर्ता आउने भएकाले वर्षाैदेखिको फोहोर रातारात सरसफाइ समेत गराएका छन ।
वर्षाै पहिला नै स्मारकको बजेट निकासा भइसकेको तर काम हुन बाँकि रहेकोले प्रचण्ड पुगने कार्यक्रम रहेकोले रंग रोगन समेत गराउन लागेका छन । प्रथमिक स्वास्थ्य चौकिको भवन देखाउनको लागि मात्रै रातारात रंगरोगन गराउन दर्जनौ मानिसहरु समेत खटाएका छन ।


एक हप्ता पहिलादेखि विभिन्न स्थानिय स्तरमा प्रचार प्रसार गराएर सो कार्यक्रामा उपस्थित हुन सर्वसाधारणमा अनुरोध समेत गरिरहेका छन । नगरप्रमुख अशोक कुमार मण्डलले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएकै कारण सार्वजनिक विदा दिएको तर सार्वजनिक विदा दिनु ठिक नरहेको आम सर्वसाधारणको बुुझाई छ । पार्टीकै कार्यक्रमका लागी बिदा दिदै जाने हो भने भोलिका दिनमा यस्ता अनैतिक कार्यले समाजमा नकारात्मक प्रभाव पार्ने समेत स्थानियको भनाई छ ।
मेयर मण्डलले शक्तिको दुरुपयोग गर्दै सार्वजनिक विदा दिएको प्रति जनताहरु आक्रोसित समेत बनेका छन ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको