
लहान।कार्तिक ९ गते
सिराहाको लहानमा अवस्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड लहान शाखाले आज मंगलबार १७ औं वार्षिकोत्सव अवसर पारेर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
श्री जनता माध्यमिक विद्यालय सोनमती गाढाका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सम्मिलित गराई सो वित्तीय साक्षरता कार्यक्रम गरेको छ।
वित्तीय साक्षरताको माध्यमबाट बैंक खाता , बचत , कर्जा , विप्रेषण बिमा लगायतका खाताको बारेमा विशेष जानकारी गराइएको लहान शाखाका शाखा प्रवन्धक मृगेन्द्र दाहालले जानकारी गराउनु भएको छ।
कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड लहानका शाखा प्रवन्ध मृगेन्द्र दाहाल , कर्मचारीहरु सोभित लाल चौधरी , आरती यादव , सुरेश कुमार यादव , इम्तियाज अहम्मद , अरविन कार्की लगायत शिक्षक , विद्यार्थीहरुको उपस्थितिमा सो वित्तीय साक्षरता कार्यक्रम गरिएको छ।
यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड लहानले हाल सम्म निकै सेवा सुविधा दिइरहेको शाखा प्रबन्ध मृगेन्द्र दाहालले बताउनु भएको छ।