महोत्तरी-सर्लाही नेपाल डेन्टल एसोसिएसन द्धारा डाक्टर अग्रवाललाई गरे सम्मान


बर्दिवास ।
नेपाल डेन्टल एसोसिएसन महोत्तरी सर्लाही शाखाले एक कार्यक्रम बिच बर्दिवासका डाक्टरहरुलाई सम्मान गरिएका छन ।
महोत्तरी जिल्लामा कार्यरक्त डाक्टरहरुलाई नेपाल डेन्टल एसोसिएसनले बर्दिवास सरकारी अस्पतालका डा.सुनिल कुमार दाह र डाक्टर हुलास अग्रवाललाई सम्मान गरेका छन । नेपाल चिकित्सक संघ जेडिसिका सद्स्य सचिव रहनुभएका डा. हुुलास अग्रवाललाई सद्भावना दूत ( Goodwill  Ambassador )पदक मार्फत प्रदेश सांसद माननिय सारदा देवि थापाकी हात बाट सद्भावना दूत  पदक प्रदान गरिएको हो ।

कोरोना महामारीको समयमा देशभरी नै माक्स, सेनिटाईजर ग्लवस,पिपि सेटको हाहाकार भएको वेला डा.अग्रवालले देशभरिका डाक्टरहरुलाई चौतारी नेपाल संस्था मार्फत आधारभुत सामाग्री सहयोग गरिएको प्रति प्रदेश सासंद थापाले धन्यवाद दिए ।
प्रदेश नं. २ कै नाम राख्ने किसिमले डा. हुुलास अग्रवालले गरेको कार्य प्रति हामी पनि खुसी भएका छौ । कोरोना माहामारीको समयमा पनि देशमा रहेका डाक्टरहरुलाई बचाउनका लागि र सुरक्षा घेरामा पार्नका लागि जुन किसिमको देश भरी अभियान चलाउनु भयो त्यो देशकै उच्च कार्यहरु मध्यमा एक पर्दछन त्यका लागि अबका दिनहरुमा यस किसिमका योगदानमुखि डाक्टरहरुलाई स्थानिय सरोकारले पहिलो प्रथामिक्तामा राख्न जरुरी रहेको बताईन । हाम्रो दोस्रो भगवानको दर्जामा रहुुभएका डाक्टरहरुलाई समय समयमा सम्मान कार्यक्रम गरेर उच्च मनोवल बढाउनका लागि स्थानिय सरोकालाई प्रदेश सासंद थापाले आग्रह गरीन ।


हामीलाई समस्या परेको वेला स्थानिय सरोकारले डाक्टरहरुलाई वेवास्था गरेको समयमा डा.हुलास अग्रवालले बर्दिवासका सम्पूर्ण डाक्टरहरुलाई र नर्सहरुलाई आधारभुत सामाग्री दिएर सहयोग गर्नु भएको थियो । त्यसैले हामी डेन्टलका डाक्टरहरु खुसी हुँदै नेपाल डेन्टल एसोसिएसन महोत्तरी सर्लाही शाखा वाट डाक्टर हुलास अग्रवाललाई सम्मान गरिएको महोत्तरी सर्लाही नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा. कुन्दन शेखर शर्माले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको