महोत्तरी :- महोत्तरीको भंगहा नगरपालिका वार्ड नम्बर ३मा माओवादी केन्द्रको स्थानीय नेताकार्यकर्ताहरुले उदाहरणीय काम गरेको छ। आज दलित (मुसहर ) समुदायको एक महिलालाई निरबिरोध सर्ब सहमतिबाट वार्ड समितिको अध्यक्षमा चयन गरिएको छ।
नेपालको इतिहासमा सायद यो पहिलो उदाहरणीय काम छ जहाँ एउटा मुसहर समुदायको महिलालाई सर्बसहमती बाट महत्त्वपूर्ण पदमा चयन गरिएको छ।माओवादी केन्द्र द्वारा हाम्रा भन्दा राम्रा र सक्षम ब्यक्तिलाई नेतृत्व दिने जुन नारा छ अब ब्यवहारमा पनि लागू भाईरहेको छ। आज आयोजना गरिएको कार्यक्रमको अध्यक्षता रामराजी सदाले गरेको थियो भने प्रमुख अतिथि नेकपा माओवादी केन्द्र महोत्तरी जिल्लाको इन्चार्ज राजु खड्का थिए ।
उक्त कार्यक्रममा नगरपालिका भित्रको माओवादी केन्द्रको नगरपालिका संयोजक राजेन्द्र प्रसाद सिंह, बरिस्ठ नेता लालबाबु यादव , प्रदेश सदस्य दिनेश यादव ,नगरको उपाध्यक्ष रफिक आलम, नगर सचीव सुदिप सिंह, YCL नेपालीको नगर इन्चार्ज मनोज गुप्ता , YCL नेपालको नगर सचिव रबिन्द्र कुमार यादव ,जिल्ला सदस्य राजनरायण सिंह ,रामपृत साह सहभागी भएको थियो ।
त्यस्तै कार्यक्रम स्थानीय युवा नेता अशोक कुमार यादवले गरेको थियो । आज वार्ड कमिटीमा चयन हुनेमा अध्यक्ष रामराजी सादा ,उपाध्यक्ष राजकिशोर सिंह ,सचिव जिबक्ष साह र सहसचिवमा नेकपा माओवादीको युवा झुझारु नेता रबिन्द्र कुमार यादव तथा २५जना सदस्यहरु सर्बसहमती बाट चयन भएको छ।
















