१२ असोज । महोत्तरीको बर्दिवासमा आयोजना भएको बहिरारुका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धी तालिम तथा बहिरा महिला समिति गठन कार्यक्रम समपन्न भएको छ ।

महोत्तरी बहिरा संघको स्थानिय व्यवस्थापन र राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा बर्दिवास लगायत महोत्तरीका ३० भन्दा बढी सहभागीहरु एकै साथ दुई दिने तालिम लिएका छन । यस तालिममा वोल्न र सुन्न नसकिने बहिरा महिलाहरुलाई सांकेतिक भाषामा महिला प्रजन्न स्वस्थ्य सम्बन्धी र महिला कसरी सुरक्षित हुने किसिमको तालिम बर्दिवास नगरपालिकाको आर्थिक सहयोजमा कार्यक्रम आयोजना गरिएको महोत्तरी बहिरा संघकी अध्यक्ष सुधा गौतमले बताईन ।

उनले भने हामी बहिरा महिलाहरु हरेक समयमा जोखिको यात्रा विताइएरहेका हुन्छौ,त्यसका लागि स्थानिय सरोकारले हामी बहिराहरुलाई सुरक्षित हुने किसिमको तालिमहरु सबै पालिकाहरुमा पनि कार्यक्रम आयोजना गरिदिए राम्रो हुने अध्यक्ष गौतमले बताईन ।

महोत्तरी जिल्लामा बहिराहरुको संख्या सय भन्दा बढी रहेका छन् तर हामी संग सम्र्पकमा जम्मा ३० देखि ३५ जना महिला तथा पुरुष मात्र आएका छन । अहिले पनि महोत्तरीमा हामी जस्ता बहिरा मानिसहरु अझ घर भित्रै रहेका छन । यसका लागि स्थानिय सरोकाले ति बहिराहरुलाई संम्पर्कमा ल्याउन आगमी दिनहरुमा पहल गर्नु पर्ने अध्क्षय गौतमले सरोकारवलाहरुलाई आग्रह गरिन ।

‘‘उपमेयर संग महिला” यो कार्यक्रम अहिले समयमा बर्दिवास नगरपालिकामा बहुचर्चित कार्यक्रका रुपमा संचालन भईरहेको छ । बहिरा समाजका हरेका व्यक्तीहरुका लागि यस कार्यक्रम मार्फत हरेक वर्ष वजेट छुट्याएर कार्यक्रमहरु संचालन गदै आईरहेका बर्दिवास नगरपालिकाकी उपप्रमुख कृष्णमाया गौतमले बताईन ।

उन्ले भने बर्दिवास गरपालिका नेत्रहिन, बहिरा जस्ता व्यक्तीका लागि यस आर्थिक वर्षमा हामीले विभिन्न किसिमको सिपमुलक कार्यक्रमहरु यस पालिकामा ल्याएर काम अगाडि बढाएका बताईन । बर्दिवास नगर भित्र रहेका बहिराहरुका लागि साबुन बनाउने,कपडा सिउने,च्याउ खेती गर्ने,बास बाट बन्ने विभिन्न् सजावटका सामाग्रीहरु तयार गर्ने,जंगलमा पाईने जंगलि घासको विभिन्न किसिमका व्याग, टोपी लगायका आर्कसक डिजाईनका समाग्रीहरु बनाउन सिकाने र तालिम दिने सोचमा यस वर्ष हामीले यी क्षेत्रमा राम्रो वजेट छुट्याएका उपप्रमुख गौतमले बताईन ।

महिलाहरु माथि भएका अन्याय , अत्याचार र दुर्ववहार हुने किसिमका समाजिक कुरुतिहरुलाई हामीले अन्य समुदाई भन्दा बहिरा समुदायका व्यक्तीहरुलाई पहिलो प्रथमिक्त्तामा राख्दै यस किसिमको जोखिम बाट बच्न यस पालिकाले यस्ता किसिमका कार्यक्रमहरु गर्ने प्रतिवद्ध भईन । बर्दिवास नगरपालिकमा बहिरा समुदायिका लागि हामीले शिक्षा र स्वाथ्यलाई मध्यनजर गदै यसपालिकामा स्कुल र राम्रो शिक्षक राख्ने उपप्रमुख गौतम बताईन ।



















