थप १ हजार ४८७ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु


२८ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१६ हजार ५३९ जनाको परीक्षण गराउँदा १४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा १२ हजार ५३२ जनाको पिसिआर परीक्षण र ४ हजार ७ जनाको एन्टिजेनमार्फत परीक्षण गराइएको थियो ।

पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यही समयमा एक हजार २६० जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर २६ हजार ६३० जना सक्रिय संक्रमित छन् ।

लगातार दुई दिनसम्म कोरोना संक्रमण एक हजारभन्दा तल भरेको थियो । तर, आज तेस्रो दिन बढेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको