बन्द रहेको मनकामना केबुलकार भोलिदेखि सञ्चालन


१९ भदौ,काठमाण्डौ । सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार भोलिदेखि सञ्चालनमा आउने भएको छ ।

निषेधाज्ञासँगै गएको वैशाख १६ गतेदेखि केबुलकार बन्द भएको थियो । मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो ।

उहाँले भन्नुभयो, ुयात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ ।ु इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेशन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् ।

भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा नौ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्ने गरेको उहाँको भनाइ छ । मनकामना मन्दिर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको