आर्थिक वर्ष २०७७ / ०७८ मा बीउ उत्पादनमा कमी


१८ भदौ । रुकुम पश्चिमको तरकारी बीउ उत्पादन केन्द्र चापाले गत आर्थिक वर्ष २०७७(०७८ मा बीउ उत्पादनमा कमी आएको बताएको छ । तरकारी बीउबाली अन्तरगत मुल तथा उन्नत बीउ उत्पादनमा कमी आएको हो ।

केन्द्रका प्रमुख किशोरमान श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा एक हजार ६६ किलोग्राम मुल बीउ उत्पादन गर्ने लक्ष्य रहेकोमा ८ सय ८० किलोग्राम बीउ उत्पादन गरिएको छ । त्यस्तै उन्नत बीउ अन्तरगत ६ सय २५ किलोग्राम बीउ उत्पादन गर्ने लक्ष्य राखिएकोमा ५ सय ३१ किलोग्राम बीउ उत्पादन भएको बताइएको छ । प्रजनन् बीउको उत्पादनमा भने खासै कमी नआएको केन्द्रको भनाइ छ । तर मुल तथा उन्नत बीउको उत्पादनमा कमी हुँदा हाल आपूर्तिमा समस्या भएको बताइएको छ ।

केन्द्रले प्रजनन्, मुल तथा उन्नत बीउतर्फ काउली, रायो, मूला, प्याज, केराउ, सलगम बोडी, सिमी, भिण्डी, धनियाँलगायतको बीउ उत्पादन गर्दै आएको छ । तरकारी बीउ उत्पादन केन्द्र चापाको एकसय १७ रोपनी जमिनमा उत्पादन गरिएको बीउ रुकुम पश्चिमलगायत छिमेकी जिल्लामा समेत निर्यात हुने गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको