सुबिन विश्वकर्मा ( सुनसरी )
१६ भदौ । दुई महिनाअघि एक साहित्यिक कार्यक्रममा भाग लिन झापा पुगेको थिए । विश्वमै सुप्रसिद्व, नेपाली समय । श्रष्टाहरु आइपुग्न अझै केही समय लाग्ने आयोजकबाट जानकारी आएपछि हाम्रो समुहले चिनापर्ची गर्ने भयो, इलामेली साथीहरूसँग । उहाँहरुले पालैपालो आफ्नो बारेमा बताउँदै जानुभयो । नमस्कार मेरो नाम तारा केसी, घर चाहिँ सुर्योदय नगरपालिका वडा नम्बर ४ बाट, पेशाले म शिक्षक हुँ, साहित्यतर्फ कुरा गर्नुपर्दा मेरा दुईवटा गजल संग्रह प्रकाशित भइसकेका छन्, अब चाडै एउटा उपन्यासको तयारी गर्दैछु । आफ्नो स्थानबाट जुरुक्क उठेर अर्को मित्र बोल्नुभयो, सबैमा नमस्कार म शान्ति श्रेष्ठ । यसरी नै पालो अन्तिमतिर पुग्यो । ठ्याक्कै मेरो सामुन्नेमा बस्नुहुने ती महिलाले आफ्नो नाम बताउनुभयो मुनाु । यत्तिबेलै मेरो मनमा जिज्ञासा थियो अनि सरनेम चाहिँ रु तर सोधिन् ।उहाँले आफ्नो पछाडीको नाम नभनी अरु कुराहरु बताउन थालेपछि सबैको मनमा मेरो जस्तै जिज्ञासा जागेको हुँदो हो । अझ हाम्रो समुहको एकजना मित्रले त मुखै फोरेर सोध्नुभयो, अनि मुना के थरी ? तर ती महिला मित्र मौन रहनुभयो, थोरै कालोनिलो पनि हुनुभयो । अलि पछि थाहाभयो, उहाँ जातको प्रश्नमा अक्सर मौन बस्न चाहानुहुने रहेछ । अनि यो पनि थाहाभयो, उहाँ सार्कीु जातको हुनुदोँ रहेछ ।
झन्डै आधा घन्टापछि कार्यक्रम त सुरु भयो तर मेरो ध्यान पटक्कै त्यतातिर केन्द्रित हुन सकेन । म धेरैबेर गमिरहे, आखिर ती महिला किन आफ्नो जात लुकाउन चाहिन्छिन् र ? के उनलाई सार्की परिवारमा जन्मेकोमा हीनताबोध छ र ? अब पनि जात नामको संस्था रहिरहनु हुँदैन, यसलाई हटाउनुपर्छ र, यसको सुरुवात उनले आफैबाट गरेकी त हैनन् ? धेरैसमय यिनै प्रश्नले दिमाग गिजोलीरह्यो ।
नेपालमा राजनीतिक परिवर्तनले जातमा पारेको प्रभावस्
‘जात’ शब्द संस्कृतबाट आएको हुनाले पहिला बुझौं, यसको अर्थ के हो र ? जातको अर्थ हुन्छ ‘जन्मिने’ या जन्म लिने । हिन्दू वर्णव्यवस्था अनुसार ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र गरी चार वर्ण र त्यस अन्तर्गत विभिन्न जात पर्छन् । हिन्दु वर्णव्यवस्थाले तोकिएको पेसागत नाम र तहलाई नै जात मानिन्छ । नेपालको सन्दर्भमा सन् २०० सालमा लिच्छवीहरूको शासन चलाउने क्रममा काठमाडौं उपत्यकामा चार वर्ण अठार जातको वर्णव्यवस्था सुरू गर्दै सन् ६०० सम्ममा छुवाछुत समेत लागू गरेको देखिन्छ । पछि वि।सं। १९१० को मुलुकी ऐनले छुवाछूतलाई अझ मलजल गर्यो । त्यसपछि सबै नागरिकले आफ्नो जात जस्तैः सुरबीर कामी, सेते दमाई, केशवराज भट्टराई लेख्नैपर्ने बाध्यता सिर्जित भएको हो । यहाँ बुझ्नपर्ने कुरा के भने, अधिकांश पहाडी दलितहरुको थर, गोत्र, वंशीय परम्पराहरु क्षेत्री, ब्राह्मणसँग मिल्छ । यद्यपि बद्लिदो नेपालको राजनीतिक घटनाक्रमलाई हेर्दा पन्चायतकाल र राणाकालमा दलितहरूलाई आफ्नो थर लेख्न दिईदैन्थ्यो, त्यो अधिकार क्षेत्री, ब्राह्मणले मात्र पाउथे । विशेषगरी ०४६ को राजनीतिक परिवर्तनपछि दलितहरूमा चेतनाको स्तर वृद्धि भयो र उनीहरूले पनि थर लेख्न थालेको देखिन्छ ।
जात लुकाउँदा के हुन्छ ?
अधिकांश गैरदलित र दलितहरु पनि जात ढाट्नु वा नलेख्नुलाई आफू दलित हुनुमा हीनताबोध भएको भन्ने विश्लेषण गर्ने गर्दछन् । दलित समुदायका अलि पुराना पुस्ताहरु, आफू कहिँ कतै शोषित, अपमानित र घृणित हुन नपरोस् भनेर जात लुकाउने गरेको बताउँछन् । र, मुलतः समस्या पनि यहिँनेर हो । तर वास्तवमा जात ढाट्नु वा लुकाउनु गम्भीर अपराध हो ।
अहिलेको पुस्ताको बुझाइ कस्तो छ ?
दलित समुदायका युवा पिडीहरु जो पढेलेखेका र जातव्यवस्ताबारे बुझेका छन्, उनीहरू पनि केहिले जात लेख्दैनन् । उनीहरूको बुझाइ भने बेग्लै छ । उनीहरू जात नामको संस्थालाई समाजदेखी हटाउनको लागि आफूले सुरुवात गरेको बताउँछन् । र, जातव्यवस्था अन्त्यका लागि यस् किसिसको कदमको भूमिका सकारात्मक रहने टिप्पणीकारहरु बताउँछन् । यो तर्क कहाँ पनि मिल्छ भने,
पछिल्लोसमय दलित समुदाय मात्र हैन्, गैरदलितहरु पनि एउटा तप्काले आफ्नो पछाडिको नाम लेख्न र भन्न रुचाउँदैनन् । जुन सामाजिक संजालमा देखिन्छ ।
यसै सन्दर्भमा टिप्पणीकार एबम् राजनीतिज्ञ आहुती लेख्छन्, जात तपाईंको परिवारलाई चिन्ने स्थानमा कार्यकारी हुन्छ । नचिनेको ठाउँमा त जात लुकाउन सम्भव हुन्छ तर चिनेको ठाउँमा त बताए पनि, नबताए पनि सबैलाई थाहा हुन्छ । तब लेख्नु वा नलेख्नुले के फरक पार्छ र ? उनकाअनुसार जात भनेको व्यक्ति वा परिवारको नाम हैन्, यो त आर्थिक(राजनीतिक(सांस्कृतिक समग्रतामा बन्न पुगेको सामाजिक अबस्था हो । त्यसैले सामाजिक अबस्था लुकाउन हुँदैन र सम्भव पनि छैन् ।
हुन त जात लेख्नु र नलेख्नु व्यक्तिगत रुचीको विषय हो । तर हीनताबोध भएरै जात ढाट्ने र नलेख्नेहरूका लागि मेरो प्रश्न एउटा दलितको बच्चा डाक्टर बन्नसक्छ, पाइलट बन्नसक्छ, मन्त्री बन्नसक्छ अझ त्यसमा पनि देशको सचेत नागरिक बन्नसक्छ भने उनीहरूले आफ्नो जातको खुलस्त पहिचान गरिदिँदा तल्लो स्तर वर्गीय रुपमा संघर्षरतको दलितले पनि प्रेरणा लिन सक्थे कि ?









